बुटवल,फागुन १७ ।
बुटवल लेडि जेसिजको आयोजनामा बुटवल २ मा रहेको बृद्धाआश्रममा खाद्यान्न बितरण तथा भजनकृतन भएको छ ।
अध्यक्ष अनुपमा श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बटवल २ का वडाध्यक्ष रमेश खनाल,आश्रमका अध्यक्ष महेश्वर प्रसाद श्रेष्ठ,.संस्थापक रेखा शर्मा कट्टेल लगायतले बोल्दै क्लवले समाजिक उत्तरदायित्व अन्तर्गत समाजसेवा गरेर नमुना काम गरिरहेको बताउनुभयो ।
सो अबसरमा आश्रममा आश्रीत आमाबुबालाइ दैनिक उपभोग्य सामाग्रीहरु चामल,नुन,दाल,तेल,भुजा लगायतका खाद्यासामग्री बितरण गरिएको हो ।
महासचिव संगिता ढकालको संचालनमा भएको कार्यक्रममा स्वागत कार्यक्रम संयोजक रूपा श्रेष्ठ पाठकले गर्नुभएको थियो ।
कार्यक्रममा मन्जु प्रधान भजनमण्डली संयोजक,राधे परिवार अध्यक्ष मिना सापकोटा लगायतको टीमले भजनकृतन गरेर आश्रमका बुबाआमा लाइ रमाइलो गरि नचाउनुभएको थियो ।
सो आश्रमको छेउमा अहिले १ करोड लागतमा बालआश्रम निर्माण गरिएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)