Logo मंगलवार, श्रावण १२ गते २०८३
images

महाशिवरात्री पर्व : आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजाअर्चना

महाशिवरात्री पर्व : आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजाअर्चना

  • 3.1K
    SHARES

  • महाशिवरात्री पर्व : आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजाअर्चना

    बुटवल,फागुन १७ । 

    आज महाशिवरात्री पर्व आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजा–आराधना गरी देशभर मनाइएको छ ।

    वैदिक सनातन हिन्दू धर्मावलम्बीले बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गरेका छन । पाल्पा र रुपन्देहीको सिद्धबाबा धाम,  मुक्तिनाथधाम, बोलबमधाम, नरेनापुरधाम,श्रृंगेश्वरधाम, निलकण्ठबाबाधाम,शिद्धेश्वरधाममा दिनभर पूजाआजा गर्नेको भिड थियो ।

    बुटवल १२ को नयागांउ मुक्तिनाथधाममा रातभर जाग्राम सहित भजनकृतन गरिने स्वामि लोकानन्दले जानकारी दिनुभयो । धाममा बिहानैदेखि श्रद्धालुहरु जर्लापणका लागि लाम लागेका थिए ।

    siva dham.jpg

    उता पाल्पाको बगनासकाली बराङ्दीको महामृत्युञ्जय कैलाशनगर शिवालय मन्दिर शिवासन, सिद्धवावा धाम  तानसेनको ठुटेपिपल वद्रेश्वर शिवालय, बतासेडाडा, प्रभास, नारायणस्थान, दमकडा, रामपुर लगायतका स्थानमा रहेका शिवालय मन्दिरहरुमा भक्तजनहरुको भिडभाड रहेको थियो ।

    व्रतमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ ।पशुपतिनाथ सहितका देशभरका शिवालयहरुमा शिवको पूजा आराधना गर्नेहरुको विहानैदेखि घुइचो लागेको छ ।gold shop.jpg

    तिलोत्तमा २ मा रहेको सिद्धेश्वर महादेब मन्दिरमा बिशेष पूजाअर्चना :

    उता महाशिवरात्रि पर्वको अवसरमा रुपन्देहीको तिलोत्तमा २ मा रहेको सिद्धेश्वर महादेब मन्दिरमा बिशेष पूजाअर्चना साथै भजनकृतन भएको छ ।

    आराध्यदेव भगवान् शिवको विधिपूर्वक पूजा–आराधना गरी गरिएको सिद्धेश्वर महादेब मन्दिरका अध्यक्ष खिलबहालुर पौडेलले जानकारी दिए ।आजको दिनमा वैदिक सनातन हिन्दू धर्मावलम्बीले बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् ।gold shop.jpg

    बिस २०५४ सालमा लक्ष्मण पौडेलले  स्थापना गर्नुभएको सिद्धेश्वर महादेब मन्दिर २ कठ्ठा क्षेत्रफलमा फैलिएको छ  भने मन्दिरमा २ जना पण्डितबाट  दैनिक पुजाआजा हुनेगरेको छ । साथै हरेक एकादशी र सोमबार भजनकृतन हुनेगरेको उनले बताए ।

    सिद्धेश्वर महादेब मन्दिर पुनर्निर्माण गरि ब्यबस्थित गरिएको मन्दिर पुनर्निर्माण समिति अध्यक्ष लोकनाथ ज्ञवालीले बताए ।

    siva dham.jpg

    व्रतमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजा–अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ ।

    sivapuri dhama.jpg

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology