कपिलवस्तु,फागुन १७ ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं ११ बरवामा नेपाल कम्युनिष्ट पार्टी (विप्लव )ले आफ्नै नेतालाई कालोमोसो र चप्पलको माला लगाएको छ ।
विसं २०५६ देखि विप्लप माओवादीमा रही श्रम कैदबाट भागेको र देश र जनताको लागि उठाएको सहयोग हिनामिना गरेको र पैसा उठाएर खाएको आरोपमा गुल्मीका मालारानी गाउँपालिकाका विक्रान्त प्रशान्त भनिने आफ्नै नेतालाई कालोमोसो र चप्पल को माला लगाएको विप्लप समूहका नेता बाणगंगा नगर सेक्रेटरी शेरमानले बताए ।
स्थानीय तहको चुनावको तयारी सुरु भएसँगै कपिलवस्तुमा विप्लप समूहका गतिविधि सुरु हुन थालेका छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)