Logo मंगलवार, श्रावण १२ गते २०८३
images

लुम्बिनी प्रदेश सरकारद्वारा खेलकुद परिषद् र अस्पताल समितिमा नयाँ नियुक्ति

लुम्बिनी प्रदेश सरकारद्वारा खेलकुद परिषद् र अस्पताल समितिमा नयाँ नियुक्ति

  • 5.0K
    SHARES

  • लुम्बिनी प्रदेश सरकारद्वारा खेलकुद परिषद् र अस्पताल समितिमा नयाँ नियुक्ति

    बुटवल,फागुन १६ ।

    लुम्बिनी प्रदेश सरकारको आइतबार बसेको मन्त्री परिषद्को बैठकले लुम्बिनी प्रदेशमा खेलकुद परिषद् र अस्पताल व्यावस्थापन समितिमा जिम्मेवारी प्रदान गरेको छ ।

    आइतबार बसेको मन्त्री परिषद्को बैठकले यस्तो निर्णय गरिएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माले बताउनुभएको छ ।

     प्रवक्ता तिलकराम शर्माले आइतबार बसेको मन्त्री परिषद्ले लुम्बिनी प्रदेशका विभिन्न अस्पतालहरुमा अस्पताल विकास समिति अध्यक्षहरु समेत नियुक्त गर्ने निर्णय गरेको बताउनुभएको छ ।

    रुकुम पूर्व अस्पताल विकास समितिको अध्यक्षमा गणेश ओली, गुल्मी अस्पताल विकास समितिको अध्यक्षमा भरत पाण्डे, बर्दिया अस्पताल विकास समितिको अध्यक्षमा नारायण गौतम, रोल्पा अस्पताल विकास समितिको अध्यक्षमा फविन्द्र आचार्य, पाल्पा अस्पताल विकास समितिको अध्यक्षमा नेत्र पाण्डे, बर्दिया आयुर्वेद अस्पताल विकास समितिको अध्यक्षमा कृष्ण प्रसाद अहिर, पृथ्वीचन्द्र अस्पाल नबलपरासी अस्पताल विकास समितिको अध्यक्षमा महेन्द्र गुप्ता, अर्घाखाँची अस्पताल विकास समितिको अध्यक्षमा कृष्ण प्रसाद खनाल, कपिलबस्तु तौलिहवा अस्पताल विकास समितिको अध्यक्षमा शिवलाल यादव, गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्र विकास समितिको अध्यक्षमा धर्मराज पाण्डे, कपिलबस्तु आयुर्वेद अस्पताल विकास समितिको अध्यक्षमा विष्णुप्रसाद पाण्डे, पाल्पा आयुर्वेद स्वास्थ्य केन्द्रको तानसेन विकास समितिको अध्यक्षमा कमल रायमाझी, रामपुर अस्पताल विकास समितिको अध्यक्षमा रामप्रसाद ढकाल, प्यूठान अस्पताल विकास समितिको अध्यक्षमा पितबहादुर महरा क्षेत्री, प्रादेशिक आयुर्वेद चिकित्सालय विजौरीको अध्यक्षमा विष्णुप्रसाद आचार्य, प्यूठान अस्पताल विकास समितिको अध्यक्षमा चन्द्र प्रसाद श्रेष्ठ, भिम अस्ताल भैरहवाको अध्यक्षमा कुल प्रसाद न्यौपाने, रोल्पा आयुर्वेद विकास समितिको अध्यक्षमा झक्कु प्रसाद न्यौपानेलाई नियुक्त गरेको छ ।

    यसैगरी प्रदेश खेलकुद परिषद्का सदस्यमा रुपेन्देहीका जयप्रकाश भट्टराई, कोशिश बहादुर खड्का, अर्जुन घिमिरे, सालामुद्दीन अन्सारी, राजकुमार पाण्डे, पाल्पाका निरोज मास्के, अच्युत पाण्डेय, नवलपरासी पश्चिम नाथु सिंह, प्यूठानका बरुणध्वज मल्ल, अर्घाखाँचीका कृष्णबहादुर सारु, रोल्पाका हरिबहादुर वली, बर्दियाका नरेन्द्र शर्मा, बाँकेका नरेन्द्र थापा, दाङका टेकबहादुर विश्वकर्मा, रुकम पूर्वका दुतबहादुर पुनमगर, गुल्मीका भरत थापालाई नियुक्त गरेको छ ।  

    प्रदेश सहकारी (दोस्रो संशोधन) नियामावली २०७८ स्वीकृत :

    मन्त्री परिषद्को बैठकले लुम्बिनी प्रदेश सहकारी (दोस्रो संशोधन) नियामावली २०७८ स्वीकृत गरेको छ । यसैगरी गरी आर्थिक वर्ष २०७८-२०७८ को वार्षिक कार्यक्रम अन्तर्गत सहकारी तथा गरिबी निवारणसँग सम्बन्धित कार्यक्रम कार्यन्वयनका लागि कार्यविधि स्वीकृत गरेको छ ।

     बैठकले प्रदेशको राजधानी निर्माणको कामलाई थप प्रभावकारी एवं तिव्रता प्रदान गर्नका लागि राजधानी निर्माण आयोजना कार्यन्वयन इकाइ रुपना गर्ने, प्रदेश स्तरीय मदरसा शिक्षा व्यवस्थापन कार्यविधि २०७६ को पहिलो संसावेधन स्वीकृत गरेको मुख्यमन्त्रीका प्रेस संयोजक मानसिंह विश्वकर्माले बताउनुभएको छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology