बुटवल,फागुन १५ ।
प्रतिनिधि सभाबाट मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन भएको छ।
नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीच भएको अनुदान सहायता सम्झौता (एमसीसी) अनुमोदन भएको छ।
प्रतिनिधि सभाको आइतबारको बैठकले सम्झौता पारित गरेको हो। अर्थमन्त्रीले सम्झौता अनुमोदनका लागि प्रस्ताव पेश गरेका थिए।
सम्झौतासँगै १२ बुँदे व्याख्यात्मक घोषणा पनि पारित भएको छ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)