काठमाडौं,फागुन १५ ।
मन्त्रिपरिषदको बैठकले अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी०को व्याख्यात्मक घोषणा ग्रहण गरेको छ ।
संघीय संसद भवनभित्रै बसेको मन्त्रिपरिषदको बैठकले एमसीसीको व्याख्यात्मक घोषणाको ग्रहण गरेको हो । आज बसेको प्रतिनिधिसभा बैठकमा एमसीसी सैद्धान्तिक छलफल सकिएपछि बसेको मन्त्रिपरिषद बैठक व्याख्यात्मक घोषणा ग्रहण गरेको एक मन्त्रीले बताए ।
६ मिनेट बसेको बैठकले व्याख्यात्मक घोषणा ग्रहण गरेपछि आजै दोस्रो चरणमा बस्ने संसद बैठकबाट एमसीसीसँग त्यो पनि पारित हुनेछ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)