बुटवल,फागुन १५ ।
लुम्बिनी प्रादेशिक अस्पतालले आईतबार १ सय १२ औं बार्षिकउत्सव मनाउदै छ ।अस्पतालले विशेष समारोहका विच आज वार्षिकउत्सव मनाउन लागेको हो ।
वार्षिकउत्सवका अवसरमा आयोजना गरिएका साताव्यापी कार्यक्रमहरु सकिएसंगै आईतबार मुल समारोहका आयोजना गरिएको अस्पतालका मेडिकल सुपेरिटेण्डेन डा. ईन्द्र ढकालले बताउनुभयो ।
प्रदेश सरकारको गौरवको अस्पतालका रुपमा रहेको लुम्बिनी अस्पतालको मुल समारोेहको मुख्यमन्त्री कुल प्रसाद केसीले उद्घाटन गर्ने तयारी छ । सो अवसरमा मुख्यमन्त्री केसीले अस्पतालको ४० वेडको आईसीयू कक्ष र ५० वेडको मेडिकल वार्डको पनि समुद्घाटन हुने छ ।
अस्पतालमा निकै कम आईसियू कक्ष भएका कारण विरामीहरु रिफर गर्नु पर्ने वाध्यता तत्कालका लागि हट्ने बताईएको छ । अस्पतालले पछिल्लो समय पेईङ क्लिनिक, क्यान्सर उपचार, विमाको प्रभावकारी कार्यान्यन, कोभिड विशेष अस्पताल संचालन गरिरहेको छ ।
दैनिक २ हजार भन्दा वढि विरामीले सेवा लिने यो अस्पतालले सरकारले तोकेका सबै सेवा हरु निशुल्करुपमा संचालन गर्दै आएको छ ।
म्याराथुन प्रतियोगिता :

वार्षिकउत्सवका अवसरमा आयोजना गरिएको म्याराथुन प्रतियोगिता सम्पन्न भएको छ । मणिग्राम देखि जानकिनगरसम्म अस्पतालका २ सय कर्मचारीहरु सहभागि भएका थिए ।प्रतियोगितामा दुर्गा वहादुर सार्कि प्रथम भएका छन् ।
त्यस्तै शनिवार नै अस्पताल परिसरमा सरसफाई कार्यक्रम पनि सम्पन्न भएको छ । त्यसैगरि महिला फुटवल भलिवल र पुरुष भलिवल फुटवल प्रतियोगिता पनि शनिवार सम्पन्न भएको छ । पुरुष फुटवलमा मेडिकल अफिसरको टिम प्रथम भएको छ भने भलिवलमा ईन्जिनियर समुह प्रथम भएको अस्पतालका नर्स ईन्चार्ज ज्योति पौडेलले बताउनु भयो ।
त्यसगरि यस अघि नै गायन कविता वाचन प्रतियोगिता पनि सम्पन्न भएको थियो । ति सबै विधामा उत्कृष्ट खेलाडि र समुहलाई मुल समारोहमा पुस्कार मेडल र उपहार प्रदान गरिने छ ।
बुटवलमा संचालनमा रहेको लुम्बिनी प्रादेशिक अस्पताल आज ११२ वर्ष पुगेको छ । अस्पतालले ११२ वर्ष पुगेको अवसरमा बिबिध कार्यक्रम गरि अस्पतालको वार्षिक उत्सव मनाएको छ । उत्सवकै अवसरमा अस्पतालमा आजबाट ४० बेडको आईसीयू र ५० बेडको मेडिकल वार्ड पनि संचालनमा ल्याईएको छ । आजबाट संचालनमा आएका ती वार्डहरुको लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुल प्रसाद केसीले उदघाटन गरे ।
वार्षिकउत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री केसीले लुम्बिनी प्रादेशिक अस्पताललाई गौरबको अस्पतालको रुपमा विकास गरिने बताए । उनले अबको ५ वर्ष भित्रमा अस्पतालले प्रदान गर्ने विशेषज्ञ सेवा राष्ट्रिय स्तरको मात्र नभएर अन्तराष्ट्रिय स्तरको हुने दाबी पनि गरे ।
अस्पतालको विकासको लागि ५ खर्ब ९९ करोड लागत लाग्ने गुरु योजना तयार गरेर टेण्डर प्रक्रिया सुरु गरिएको जानकारी दिंदै मुख्यमन्त्री केसीले अवका दिनमा उपचारको लागि भारत तथा तेश्रो मुलुक जानु पर्ने समस्याको हल हुने दाबी गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। ईन्द्र ढकालले अस्पताल भित्र प्रवेश गरेका बिरामी सेवा नपाएर फर्कन नपर्ने गरि अस्पतालले सेवा विस्तार गर्दै गएको बताए । उनले बुटवल र बुटवल आसपासका दुर्गम पहाडबाट आउने बिरामीहरुलाई एक पटक लुम्बिनी प्रादेशिक अस्पतालमा भित्राएर मात्र अन्यत्र लैजान आग्रह गर्दै सेवा पाएनौं भन्ने गुनासो नरहने गरि काम अगाडी बढाइएको बताए ।
वार्षिकउत्सवका अवसरमा आयोजना गरिएका साताव्यापी कार्यक्रमहरु सकिएसंगै आईतबार आयोजना गरिएको मुल समारोहका अस्पतालका कर्मचारीकाबीच भएको अतिरिक्त क्रियाकलपमा सफल कर्मचारीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो ।
दैनिक २ हजार भन्दा वढि विरामीले सेवा लिने सो अस्पतालले सरकारले तोकेका सबै सेवा हरु निशुल्करुपमा संचालन गर्दै आएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)