Logo बिहिवार, आश्विन १ गते २०८३
images

संसद बैठक दिउँसो १ बजे बस्दै, एमसीसीबारे छलफलको तयारी

संसद बैठक दिउँसो १ बजे बस्दै, एमसीसीबारे छलफलको तयारी

  • 3.0K
    SHARES

  • संसद बैठक दिउँसो १ बजे बस्दै, एमसीसीबारे छलफलको तयारी

    बुटवल,फागुन १५ । 

    प्रतिनिधिसभा  बैठक आज दिउँसो १ बजे बस्दैछ । मिलेनियम च्यालेन्स कर्पोरेसनएमसीसी नेपाल कम्प्याक्ट संसदमा टेबल भएपछि पटक-पटक सारिएको बैठक आज बस्न लागेको हो ।

    यही फागुन ८ गते एमसीसी सम्झौता अनुमोदनका लागि संसदमा टेबल भएको थियो । र, संसद बैठक १२ गतेसम्मका लागि स्थगित गरिएको थियो । तर, सत्ता गठबन्धनको कुरा नमिल्दा १२ गतेको बैठक अन्तिम समयमा सूचना टाँस गरेर १३ गते सारिएको थियो । १३ गते पनि बैठक बस्न सकेन । सूचना टाँस गरेर आजसम्म सारिएको हो । आजको बैठक दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ ।

    आजको बैठकको मुख्य एजेण्डा एमसीसी नेपाल कम्प्याक्ट नै हुनेछ । दलहरूबीच एमसीसीबारे एकमत नहुँदा बैठक नै अनिश्चित जस्तै भएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology