Logo सोमवार, कार्तिक १७ गते २०८३
images
images

सवारी दुर्घटनामा परेका दीपकको उपचारमा आर्थिक अभाव,परिवारद्वारा सहयोगको अपील 

सवारी दुर्घटनामा परेका दीपकको उपचारमा आर्थिक अभाव,परिवारद्वारा सहयोगको अपील 

  • 4.1K
    SHARES

  • सवारी दुर्घटनामा परेका दीपकको उपचारमा आर्थिक अभाव,परिवारद्वारा सहयोगको अपील 

    बुटवल,फागुन १४ ।

    सडक दुर्घटनापछि होस गुमेका बुटवल १२ नयाँगाउँका दीपक अर्यालको अझै होस् खुलेको छैन । उनी अहिले ग्रान्डी अस्पताल काठमाडौंमा उपचाररत छन् ।

    पर्बत बिहादी गाउँ पालिका वडा नं ४ लिङसिङ्ग स्थायी घर भई हाल बुटवल १२ मा बस्दै आएका दिपक मोटरसाइकलको ट्रायल दिन जाने क्रममा मंसिर २० गते सवारी दुर्घटनामा परेपछि उनको  उपचार काठमाडौँमा भैरहेको छ ।तर उनको उपचारमा भएको श्रीसम्पत्ती सकिएको र थप समस्या थपिएको उनकी आमा ताराकुमारी अर्यालले बताइन् । 

    दीपकलाइ हायस गाडीले ठक्करदिएपछि गम्भीर घाइते भई हाल ग्रान्डी अस्पताल काठमाडौंमा उपचार भइरहेको छ।

    अस्पताल ल्याएको ११ गते २ महिना पुग्यो ,४० लाख भैसक्यो छोराको होस् आएको छैन , हामी थप पिडामा छौँ आमाले नागरिक अनलाइनसंग भनिन् । 

    सबैले सकेको सहयोग गरिदिए छोराको ज्यान बच्नेथियो ।उनले दुखेसो पोखिन् । उनलाइ सहयाेग गरिदिनका लागि 

    TARA KUMARI ARYAL CHHE, Account Number: 013011090005077 Sanima bank ltd. मा रकम जम्मा गरिदिन पनि परिवारजनको अपील छ ।

    दुर्घटना पछि यति लामो समयसम्म पनि निजको उपचारको लागि सम्बन्धित पक्ष गम्भीर नदेखिएको ,आलटाल गरिरहेको उनको भनाइ छ। हान्ने गाडीले उपचारका लागि १३ लाख दिने कुरा हो तर अहिलेसम्म केहि भएन ।उनले भनिन् ।

    यता पर्बत रुपन्देही सेवा समाजले सम्बन्धित पक्ष  गाडी धनी तथा समितिलाई यथासिघ्र उपचारको ब्यबस्था मिलाउन र अहिलेसम्म लागेको उपचार खर्च सम्बन्धित अस्पतालमा भुक्तानी गरिदिनका लागि अनुरोध गर्दै आइरहेको छ। पिडित पक्षलाई  न्याय दिलाउनका लागि पर्बत रुपन्देही सेवा समाजले इलाका प्रहरी कार्यालय बुटवलका प्रमुखलाई समेत अनुरोध गर्दै आइरहेको छ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology