बुटवल,फागुन १४ ।
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) बुटवल-३ वडा कमिटीको आयोजनामा तीनदिने नि :शुल्क आँखा शिविर सम्पन्न भएको छ ।
५३७ जनालाई सेवा दिन सफल भएको शिविरमा डा. विपिन आचार्यले चेकजाँच गरेका थिए । से आँखा शिविर लुम्बिनी प्रदेश कानुन महिला बालवालिका तथा जेष्ठ नागरिक मन्त्री रमा घर्तीले उद्घाटन गर्नु भएको थियो ।
ऋषिराम बस्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी लुम्बिनी प्रदेश कमिटी सदस्य चिन बहादुर गुरुङ्ग ,अतिथिहरु शंकर पहारी,कमलराज बस्याल, चिरञ्जीवी अधिकारी ,रुक्मागत घिमिरे,तोयनाथ भन्डारी उमानाथ उमेश अधिकारी ,चन्द्रकान्त भट्टराई, कृष्ण ढेंगा,कृष्ण न्यौपाने,चोलाकान्त अर्याल रहनु भएको थियोे।
जेष्ठ नागरिकलाई औषधि र चश्मा निस्शुल्क वितरण गरेको कार्यक्रम संयोजक ऋषिराम बस्यालले बताउनुभयो। प्रमुख अतिथि चिन बहादुर गुरुङ्गले आगामी दिनमा यो भन्दा अझै सेवाका कामलाई निरन्तरता आग्रह गर्नुभयो ।
गौतमबुद्ध अप्थाल्मिक सप्लायर्स चश्मा पसल सुभाष पौडेल, राधिका खड्का पौडेलको सौजन्यमा र टेन्ट सहयोग शिव खड्काले गर्नु भएको थियो । कार्यक्रमको सन्चालन भीम पोखरेलले गर्नुभएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)