Logo मंगलवार, श्रावण १२ गते २०८३
images

थप २७५ जनामा कोरोना संक्रमण पुष्टि,एकजनाको मृत्यु

थप २७५ जनामा कोरोना संक्रमण पुष्टि,एकजनाको मृत्यु

  • 1.5K
    SHARES

  • थप २७५ जनामा कोरोना संक्रमण पुष्टि,एकजनाको मृत्यु

    बुटवल,फागुन १३ ।

    पछिल्लो २४ घण्टामा थप २७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एकजनाको मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार ४५२ जनाको पीसीआर परीक्षण गर्दा १५८ जना र तीन हजार १७६ जनाको एन्टिजेन परीक्षण गर्दा ११७ जना गरी २७५ जनामा संक्रमण पुष्टि भएको हो ।

    शुक्रबार मात्रै ५५५ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् ।हाल देशभर ९ हजार २८० जना कोरोनाको सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ९ हजार २६ संक्रिय संक्रमित होम आइसोलेसनमा छन् भने २५४ जना संस्थागत आइसोलेसनमा छन् ।उनीहरुमध्ये ९२ जनाको आईसीयू र १५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ११ लाख १५ हजार ९२५ पुगेको छ ।

    यस्तै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ९३२ पुगेको छ भने ९ लाख ५५ हजार ४५८ जना संक्रमणमुक्त भएका छन् ।यस्तै १० वर्ष मुनिका १२ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ७ जना कोरोना संक्रमित थपिएका छन् ।यस्तै काठमाडौं उपत्यकामा थप ५४ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंका ४४, ललितपुरका ७ र भक्तपुरका ३ जना संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology