अमेरिका,फागुन १२ ।
नेपाली समाज टेक्सस (एनएसटी)को बोर्ड अफ ट्रस्टीमा महासचिव र कोषाध्यक्ष नियुक्त गरिएको छ ।
नेपाली समाज टेक्ससका पूर्व महासचिव भक्तबहादुर भण्डारीको अध्यक्षताको ट्रस्टीको महासचिवमा मधुर खरेल र कोषाध्यक्षमा अमित शर्मालाई नियुक्त गरिएको अध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।
खरेल नेपाली समाज टेक्ससका निवर्तमान कोषाध्यक्ष हुन् भने शर्मा पूर्व कोषाध्यक्ष हुन् । समाजमार्फत दिर्घकालिन महत्वका योजना निर्माणका लागि ट्रष्टीको गठन गरिएको थियो ।
ट्रस्टीमा सदस्य बनाउने क्रम पनि अव द्रुत गतिमा अघि बढ्ने र समितिलाई पूर्णता दिई कामहरु अघि बढाईने अध्यक्ष भण्डारीले बताउनुभयो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)