Logo मंगलवार, श्रावण १२ गते २०८३
images

२४ घण्टामा थप ३१८ जनामा कोरोना पुष्टि,थप १ जनाको मृत्यु

२४ घण्टामा थप ३१८ जनामा कोरोना पुष्टि,थप १ जनाको मृत्यु

  • 2.0K
    SHARES

  • २४ घण्टामा थप ३१८ जनामा कोरोना पुष्टि,थप १ जनाको मृत्यु

    बुटवल,फागुन १२ ।

    पछिल्लो २४ घण्टामा थप ३१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने थप १ जनाको मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ७ हजार ७४३ नमुना परीक्षण गरिएको थियो ।

    ५ हजार ५०८ जनाको पीसीआर परीक्षण गर्दा १५१ र दुई हजार २३५ जनाको एन्टीजेन परीक्षण गर्दा १६७ गरी ३१८ जनामा संक्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा ५६२ जना संक्रमणमुक्त भएका छन् ।

    हाल देशभर ९ हजार ६७८ संक्रिय संक्रमित छन् । जसमध्ये ९ हजार ४०६ संक्रिय संक्रमित होम आइसोलेसनमा छन् भने २७२ जना संस्थागत आइसोलेसनमा छन् ।उनीहरुमध्ये ९३ जनाको आईसीयू र १७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

    मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ११ लाख १५ हजार ६५० पुगेको छ । यस्तै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ९३१ पुगेको छ भने ९ लाख ५४ हजार ९०३ जना संक्रमणमुक्त भएका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology