Logo बिहिवार, आश्विन १ गते २०८३
images

एमसीसीको विरोधमा बानेश्वरमा प्रदर्शन,२४ सय प्रहरी तैनाथ

एमसीसीको विरोधमा बानेश्वरमा प्रदर्शन,२४ सय प्रहरी तैनाथ

  • 2.0K
    SHARES

  • एमसीसीको विरोधमा बानेश्वरमा प्रदर्शन,२४ सय प्रहरी तैनाथ

    काठमाडौं,फागुन १२ ।

    काठमाडौको माइतीघर–नयाँ बानेश्वर क्षेत्रमा एमसीसीको विरोध गर्दै प्रदर्शन सुरु भएको छ ।

    सत्तारुढ दल नेकपा माओवादी केन्द्रका जनवर्गीय संगठनका नेता कार्यकर्ताहरु माइतीघरमा भेला भएर नाराबाजीसहित र्यालीसहित प्रदर्शन गर्दै संसद भवन नयाँ बानेश्वरतर्फ लागेका छन् । 

    उनीहरुले बिहीबार निषेधित क्षेत्र तोडेर संसद भवन घेराउ गर्ने बताएका छन् । त्यस्तै अर्को दल नेकपा समाजवादीका जनवर्गीय संगठन अनेरास्ववियुले पनि एमसीसीको विरोधमा मीनभवनबाट विरोध र्याली निकाल्ने र संसद भवन घेराउ गर्ने तयारी गरेको अध्यक्ष सुदेश पराजुलीले बताएका छन् । 

    सत्तारुढ दलका जनवर्गीय संगठनबाहेक विप्लव समुह, क्रान्तिकारी माओवादीलगायतका ६ राजनीतिक दलहरुले पनि बानेश्वर क्षेत्रमा प्रदर्शन गर्ने जनाएका छन् । राजावादी पार्टी राप्रपाले समेत एमसीसीको विरोधमा प्रदर्शन गर्दै आएको छ । 

    विरोध प्रदर्शनलाई मध्यनजर गर्दै बानेश्वर आसपासका सडकमा प्रशासनले सुरक्षा तैनाथी बढाएको छ । बानेश्वर क्षेत्रमा मात्रै प्रहरी उपरीक्षक एसपी को नेतृत्वमा २४ सय प्रहरी खटाएको महानगरीय प्रहरीले जनाएको छ । 

    प्रतिनिधि सभाको आज बस्ने बैठकमा एमसीसीबारे छलफल हुदैछ । एमसीसीबारे राजनीतिक दलहरु विभाजित हुदै आएका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology