Logo मंगलवार, श्रावण १२ गते २०८३
images

प्रधानमन्त्रीको सन्देश बाेकेर गृहमन्त्री खाँण खुमलटारदेखि बालकोटसम्म

प्रधानमन्त्रीको सन्देश बाेकेर गृहमन्त्री खाँण खुमलटारदेखि बालकोटसम्म

  • 3.6K
    SHARES

  • प्रधानमन्त्रीको सन्देश बाेकेर गृहमन्त्री खाँण खुमलटारदेखि बालकोटसम्म

    बुटवल,फागुन ११ । 

    प्रधानमन्त्री शेरबहादुर देउवाको सन्देश लिएर गृहमन्त्री बालकृष्ण खाण दौडधुपमा लागेका छन्।

    बुधबार बिहान गृहमन्त्री खाण प्रधानमन्त्रीको सन्देश लिएर सबैभन्दा पहिले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटार र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेका हुन्।

    बुधबार विहान साढे ८ बजे प्रधानमन्त्रीको सन्देश प्रचण्ड निवास पुगेका खाण लगतै ओली निवास बालकोट पुगेका थिए। बिहीबार संसदबाट एमसीसी पारित गर्नुपर्ने बाध्यता भएकाले गृहमन्त्री आफ्नो दौडधुप बढाएका हुन्।

    भेटका अवसरमा खाणले दुवै नेतासँग मुलुकको समसामयिक राजनीतिक परिस्थिति, प्रतिनिधिसभाको गतिरोध खुलाउने र एमसीसी अनुमोदन गर्नेलगायत विषयमा छलफल गरेको बताइएको छ ।

    माओवादी केन्द्र र एकीकृत समाजवादीले एमसीसी पारितमा नसघाउने भएपछि प्रमुख प्रतिपक्ष एमाले अध्यक्ष ओलीलाई सघाउन आग्रह गरेका छन्।

    प्रधानमन्त्री देउवा एमसीसी जसरी पनि पारित गर्ने दबाबमा भएकाले समर्थन जुटाउन लागि परेका छन्।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology