बुटवल,फागुन ११ ।
बरिष्ठ कलाकार जयनन्द लामाको ६६ बर्षको उमेरमा निधन भएको छ । राष्ट्रिय सङ्गितकर्मी संघका सल्लाहकार समेत रहेका उनी गायक तथा फिल्म निर्माता समेत हुन् ।
उनको निधनपछि सिंगाे कलाकारिता क्षेत्र स्तब्ध भएको छ । लामाको काठमाडौं कौसल टार निवासमै निधन भएको दवा फिन्जाे तामाङले नागरिक अनलाइनलाइ जानकारी दिए ।
सिन्धुपाल्चोकको बाह्रबिसेमा जन्मिएका लामाले थुप्रै मौलिक लोकगीत गाउनुका साथै चलचित्र र टेलिश्रृंखलामा अभिनयसमेत गरेका छन् ।
उनका कलकत्ते काइँयो, चुइँ चुइँ चुइँकने जुत्ता, मुलाको चाना, सलल पानीलगायत थुप्रै लोकगीतहरु चर्चित छन् । उनले नेपाली लोक दोहोरीको रियालिटी शो ‘नेपाल लोकस्टार’मा निर्णायकको भूमिका पनि निर्वाह गरेका थिए ।
उनले चलचित्र मनको बाँध, छक्कापञ्जा लगायत चलचित्रहरुमा पनि अभिनय गरेका थिए । पछिल्लो समय हाँस्य टेलीश्रृंखला हल्का रमाइलोमा उनले अभिनय गर्दै आएका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)