Logo शुक्रवार, कार्तिक २१ गते २०८३
images
images

निजामति कर्मचारी युनियनको केन्द्रीय सदस्यमा गुल्मीका ज्ञवालीको उम्मेदवारी 

निजामति कर्मचारी युनियनको केन्द्रीय सदस्यमा गुल्मीका ज्ञवालीको उम्मेदवारी 

  • 2.5K
    SHARES

  • निजामति कर्मचारी युनियनको केन्द्रीय सदस्यमा गुल्मीका ज्ञवालीको उम्मेदवारी 

    बुटवल,फागुन १०।

    नेपाल निजामति कर्मचारी युनियनको केन्द्रीय सदस्यमा हरि ज्ञवालीको उम्मेदवारी दिने भएका छन् । गुल्मीमा २०७३ सालमा भएको निजामति कर्मचारिको आधिकारिक ट्रेड युनियनको चुनावमा उनी अध्यक्ष थिए ।उनले आफु अध्यक्ष हुदाँ युनियनलाई दुईतिहाई बहुमतका साथ विजय गराएका राएका थिए ।

    काँंग्रेस निकटको नेपाल निजामति कर्मचारी युनियनको आठौ केन्द्रिय अधिबेशनमा  युनियनको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका ज्ञवालीले आफु बिजय भएको खण्डमा युनियनलाई अझै चुस्त बनाउन सहयोग गर्ने बताए ।  

    २०५३ सालमा निजामती सेवा प्रवेश गरेका गुल्मीका ज्ञवालीले यही फागुन २१ देखि २३ गते सम्म काठमाण्डौमा  हुन गइरहेको अधिवेशनमा केन्द्रिय सदस्यमा भिड्दै छन्  । दुई कार्यकाल गुल्मीको कर्मचारी युनियनको कुशल नेतृत्व गरेका ज्ञवाली युनियन भित्र अब्बल सँङ्गठकको रुपमा पनि चिनिन्छन् ।

    विभिन्न समय युनियनमा क्रियाशील ज्ञवालीले ०६२-०६३ को जनआन्दोलनमा पनि कर्मचारिको तर्फबाट सक्रिय ढङ्गले आन्दोलनको मोर्चा सम्हालेका थिए भने कर्मचारीको हकहितका पक्षमा काम गरेका छन् ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology