Logo बुधवार, कार्तिक १९ गते २०८३
images
images

शाइन रेसुंगा बैंकद्वारा निःशुल्क दन्त शिविर

शाइन रेसुंगा बैंकद्वारा निःशुल्क दन्त शिविर

  • 2.0K
    SHARES

  • शाइन रेसुंगा बैंकद्वारा निःशुल्क दन्त शिविर

    बुटवल,फागुन १०।

    शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेड बुटवलले १४ औं वार्षिकोत्सवको अवसरमा निशुल्क दन्त शिविर गरेको छ । बैंकको प्रधान कार्यालय बुटवल कालिकानगरमा सोमबार भएको शिविरमा स्थानीय, बैंकका सेवाग्राही र कर्मचारी समेत एक सय ५० जनाले दांतको चेकजांच गरेका थिए ।

    शिविरको उद्घाटन गर्दै बैंकका नायब प्रमुख कार्यकारी अधिकृत लोकराज पनेरुले बैंकले समाजिक उत्तरदायित्व अन्तर्गत निशुल्क दन्त शिविर गरिएको बताए । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत यसअघि पनि थुप्रै कामहरु गरेको उनले उल्लेख गरे ।
    बैंककी प्रमुख सञ्चालन अधिकृत एवं डिजिटल बैंकिङ हेड नम्रता थापाको सञ्चालनमा भएको शिविरमा आधुनिक समाज डेन्टल केयर प्रालिको प्राविधिक सहयोग रहेको थियो । बैंकको १४औं वार्षिकोत्सव फागुन ११ गते विशेष कार्यक्रम सहित गरिने बैंकले जनाएको छ । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology