Logo बिहिवार, आश्विन १ गते २०८३
images

सैनामैनामा टिप्पर र स्कूटी ठोक्किए महिलाको मृत्यु,चालक घाइते

सैनामैनामा टिप्पर र स्कूटी ठोक्किए महिलाको मृत्यु,चालक घाइते

  • 2.3K
    SHARES

  • सैनामैनामा टिप्पर र स्कूटी ठोक्किए महिलाको मृत्यु,चालक घाइते

    बुटवल,फागुन ९ । 

    रुपन्देहीको सैनामैनामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

    सैनामैना नगरपालिका– ११ इँटाखोलास्थित सडकमा लु २ ख ५७९३ नम्बरको टिपर र लु ३६ प ९८९१ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई सोमबार दिउँसो दुर्घटना हुँदा स्कुटरमा सवार सोही नगरपालिका बनकट्टी बस्ने ६४ वर्षीया गायत्री आचार्यको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    साथै दुर्घटनामा घाइते भएका स्कुटर चालक सोही नगरपालिका बनकट्टी बस्ने ३२ वर्षीय यादव प्रसादको हिराचन्द्र मेडिकल सालझण्डीमा उपचार भइरहेको छ । टिप्पर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology