Logo शुक्रवार, कार्तिक २० गते २०८३
images
images

रोल्पामा ट्रिपर दुर्घटना,एक पुरुषको मृत्यु

रोल्पामा ट्रिपर दुर्घटना,एक पुरुषको मृत्यु

  • 1.5K
    SHARES

  • रोल्पामा ट्रिपर दुर्घटना,एक पुरुषको मृत्यु

    बुटवल,फागुन ९ । 

    रोल्पाको लुङग्री गाँउपालिका–४ जलुकेमा आइतबार राती ट्रिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ट्रिपरका चालक घाइते भएका छन् ।  मृत्यु हुनेमा ट्रिपरमा सवार लुङग्री गाँउपालिका–२ का ३७ बर्षीय अमृत बहादुर वली रहेका छन् । 

    घाइते भएका उनको उपचारको क्रममा सुलिचौर स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको हो ।  चालकलाई उपचारको लागी बुटवल स्थित लुम्बिनी सिटि अस्पताल पठाइएको छ ।  लमहीबाट ईट्टा लिएर सिर्प तर्फ जादै गरेको रा १ ख १७ ८७ नम्बरको ट्रिपर अनियन्त्रित भएर पल्टिएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology