Logo शुक्रवार, कार्तिक २० गते २०८३
images
images

लुम्बिनी अभिनय तथा नाट्यकर्मी संघ गठन,अध्यक्षमा गिरी र सचिवमा पाेखरेल चयन

लुम्बिनी अभिनय तथा नाट्यकर्मी संघ गठन,अध्यक्षमा गिरी र सचिवमा पाेखरेल चयन

  • 2.4K
    SHARES

  • लुम्बिनी अभिनय तथा नाट्यकर्मी संघ गठन,अध्यक्षमा गिरी र सचिवमा पाेखरेल चयन

    बुटवल,फागुन ८ । 

    बुटवलमा भएको भेलाले लुम्बिनी अभिनय तथा नाट्यकर्मी संघ नेपालको तदर्थ समिती गठन गरेको छ । पाका कलाकार शान्तराम गिरीको अध्यक्षतामा १३ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।

    समितिको उपाध्यक्ष बाबुराम घिमिरे, सचिव विजय पोखरेल, कोषाध्यक्ष रेशम भण्डारी, सहसचिव कृष्णा थापा बस्नेत चयन हुनुभएको छ । समिति सदस्यहरुमा कृष्ण खनाल, अभि थापा, कमला गैरे, धुर्व पौडेल, नारायण थापा, कपिल अधिकारी, मिन प्रसाद देवकोटा, राज तिवारी रहेका छन् ।

    लुम्बिनी प्रदेशभित्र अभिनय विधाका कलाकारहरु एकजुट भएका हुन् । छलफलमा अध्यक्ष शान्तराम गिरीले लुम्बिनी प्रदेश भित्र विभिन्न स्थानमा छरिएर रहेका अभिनय तथा नाटक क्षेत्रसँग सम्बन्धित चलचित्र, टेलि चलचित्र, म्यूजिक भिडियो, नाटक अभिनय तथा नाटक लेखन सम्बन्धि विधामा काम गर्दै आएका कलाकारहरुको हकहित एवं समस्याको समाधान,पेशालाई मर्यादित र परिस्कृत बनाउँदै लैजाने बताए ।

    कार्यक्रमका विशिष्ट अतिथि रेखा यम सीले अभिनय कर्मिको संघ नभएको र पहिलो पटक बुटवलबाट सुरु गरिएकोमा खुसी जनाए । कार्यक्रममा बाबुराम घिमिरे, शर बहादुर गौतम, राधारमण अग्रहरी, कृष्ण थापा बस्नेत, कासिनाथ पन्थी लागायतले बोलेका थिए । चिरन बरालको स्वागत मन्तब्य र  विजय पोखरेलको सञ्चालनमा भेला भएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology