Logo बिहिवार, आश्विन १ गते २०८३
images

टी–२० विश्व कप क्रिकेटको ग्लोबल छनोट : नेपालले आज फिलिपिन्ससँग खेल्दै

टी–२० विश्व कप क्रिकेटको ग्लोबल छनोट : नेपालले आज फिलिपिन्ससँग खेल्दै

  • 4.0K
    SHARES

  • टी–२० विश्व कप क्रिकेटको ग्लोबल छनोट : नेपालले आज फिलिपिन्ससँग खेल्दै

    बुटवल,फागुन ७ ।

    आईसीसी टी–२० विश्व कप क्रिकेटको ग्लोबल छनोट अन्तर्गत आज नेपालले फिलिपिन्ससँग खेल्दैछ । ग्लोबल छनोटको दोस्रो खेलमा नेपालले आज फिलिपिन्ससँग खेल्न लागेको हो ।

    खेल ओमानको अलअमिरात मैदानमा बिहान पौने १२ बजे सुरु हुनेछ । हिजो भएको पहिलो खेलमा नेपालले घरेलु टोली ओमानलाई ३९ रनले हराउँदै विजयी सुरुवात गरेको छ ।

    ग्लोबल छनोटमा आठ देश सहभागी छन् । आठ देशलाई दुई वटा समूहमा विभाजन गरिएको छ । आयरल्यान्ड, यूएई, बहराइन र जमर्नी समूह ‘ए’ मा र नेपाल, ओमान, क्यानडा र फिलिपिन्स समूह ‘बी’ छन् । समूह ‘बी’मा उत्कृष्ट रनरेटका साथ क्यानडा शीर्ष स्थानमा छ ।

    दुई समूहबाट शीर्ष दुई-दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । नेपालले फिलिपिन्सलाई हराउन सकेमा सेमिफाइनलमा पुग्ने लगभग पक्का हुनेछ । नेपालले पर्सि सोमवार क्यानडासँग खेल्नेछ। 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology