Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

राष्ट्रिय नृत्य दिवसमा सहभागी हुन लुम्बिनी प्रदेशका ५३ जना कलाकार काठमाडौंमा

राष्ट्रिय नृत्य दिवसमा सहभागी हुन लुम्बिनी प्रदेशका ५३ जना कलाकार काठमाडौंमा

  • 2.3K
    SHARES

  • राष्ट्रिय नृत्य दिवसमा सहभागी हुन लुम्बिनी प्रदेशका ५३ जना कलाकार काठमाडौंमा

    बुटवल, फागुन ६ ।

    आज राष्ट्रिय नृत्य दिवस मनाइदैछ । नृत्य दिवसमा सहभागी हुन लुम्बिनी प्रदेशका कलाकारको टोली बिहीबार काठमाडौं पुगेको छ । नृत्य निर्देशक संघ नेपाल र मध्यपुर ठिमी नगरपालिकाको सहकार्यमा आज राष्ट्रिय नृत्य दिवस मनाइँदैछ । दिवसका अवसरमा ऐतिहासिक सांस्कृतिक कार्यक्रम गरिने संघले जानकारी दिएको छ ।

    नृत्य दिवसमा सहभागिताका लागि लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट नृत्य निर्देशकसहित ५३ जना कलाकारको टोली काठमाडौं पुगेको नृत्य निर्देशक संघ लुम्बिनी प्रदेश अध्यक्ष लोकेन्द्र शाहले नागरिक अनलाइनलाई बताए । जसमा २८ जना पुरुष र २५ जना महिला छन् । अर्घाखाँचीबाट ६ जना, कपिलवस्तुबाट ७ जना, बुटवल नगर कमिटीबाट ८ जना, रुपन्देही जिल्ला शाखाबाट १० जना, दाङबाट ७ जना, पाल्पाबाट १० जना र बर्दियाबाट दुईजना कलाकार दिवसमा सहभागी हुन काठमाडौं गएका हुन् ।

    त्यस्तै पर्यवेक्षकको  रुपमा संघका प्रदेश सल्लाहकार चिरन बराल र रुपन्देही शाखाकी प्रेस सल्लाहकार मनु गुरुङले सहभागिता जनाउने भएका छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology