बुटवल,फागुन ५ ।
लायन्स जिल्ला ३२५ बी २ को दशौं अधिवेशनको चुनावी माहौल तातेको छ । लायन्स जिल्ला ३२५ बी बहुविभाजित भई बनेको प्रस्तावित जिल्ला ३२५ पी को नेतृत्वको लागि विभिन्न पदमा उम्मेद्धवारी दर्ता गरेका उम्मेद्धवारहरुले यतिबेला विभिन्न कार्यक्रमको आयोजना गरी मतको लागि अपिल गरिरहेका छन् ।
उम्मेद्वारहरुले विभिन्न कार्यक्रमको आयोजना गर्दै लायन्सको प्रस्तावित जिल्ला पि को लागी आफ्ना उम्मेद्वारसँगै आफ्ना प्रतिबद्धताहरु सार्वजनीक गरीरहेका छन् । लायन्स जिल्ला ३२५ पी का द्धितिय गर्भनर पदका उम्मेद्वार पिएमजेएफ डायमन्ड स्टार बालाराम भट्टराइले रुपन्देहीको मणिग्राममा आज एक कार्यक्रमको आयोजना गरी आफ्ना चुनावी प्रतिवद्धताहरु सार्वजनिक गरेका छन्।
लायन्स क्लव अफ रुपन्देहीका पूर्व अध्यक्ष समेत रहेका भट्टराईले प्रतिवद्धताहरु सार्वजनिक गर्दै लायस्न वर्ष २०२२-०२३ को लागि द्धितिय गर्भनर पदमा आफूलाई हुन्छ भन्ने मतका साथ विजयी बनाउन मतदाताहरुलाई अपिल गरेका छन् ।
कार्यक्रममा बोल्दै उनले पछिल्लो समय लायन्समा लायन्सवादको भावनलाई कुल्चेर भाइचार बिगार्ने काम भइरहेको बताए ।लायन्स क्लव अफ रुपन्देहीका अध्यक्ष राम प्रसाद पौडेलको अध्यक्षता, सस्थापक अध्यक्ष मोतीराज ज्ञवालीको विशेष उपस्थितिमा भएको कार्यक्रममा विभिन्न लायन्स क्लवका अध्यक्षहरुले शुभकामना दिएका थिए ।यही फागुन ७ गते चितवनमा सम्पन्न हुने लायन्स जिल्ला ३२५ बी २ को जिल्ला अधिवेसनबाट प्रस्तावित जिल्ला ३२५ पी को नेतृत्वको लागी तीन पदमा सात जनाले उम्मेद्वारी दिएका छन् ।
लायन्स जिल्ला ३२५ पी को नेतृत्वको लागी जिल्ला गर्भनर पदमा लायन्स जिल्ला ३२५ बी २ का चिफ डिष्ट्रिक एड्भाइजर उमङ्ग देवकोटा, द्धितिय भाइस डिष्ट्रिक्ट गर्भनर नवराज न्यौपानेले उउम्मेद्वारी दिएका छन् ।यस्तै प्रथम भाइस डिष्ट्रिक गर्भनर पदमा अर्जुनमान सैजुको एकल उम्मेद्वारी परेको छ भने द्धितिय भाइस गर्भनर पदमा बालाराम भट्टराई, कुश कुमार मल्ली, पुरुषोत्तम भक्त प्रधानाङ्ग र सुशिल प्रधानले उम्मेद्वारी दिएका छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)