Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवल उवा संघलाइ लुम्बिनी प्रदेश सरकारद्वारा ‘समाजसेवा श्री पदक’ प्रदान

बुटवल उवा संघलाइ लुम्बिनी प्रदेश सरकारद्वारा ‘समाजसेवा श्री पदक’ प्रदान

  • 3.1K
    SHARES

  • बुटवल उवा संघलाइ लुम्बिनी प्रदेश सरकारद्वारा ‘समाजसेवा श्री पदक’ प्रदान

    बुटवल,फागुन ३ । 

    लुम्बिनी प्रदेश सरकारले बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीलाई समाजसेवा श्री पदक ख बाट विभूषित गरेको छ । प्रदेश सरकारको चा‌ैंथो स्थापना दिवसको अवसरमा मंगलबार दाङमा आयोजित कार्यक्रममा संघलाई उक्त पदकबाट विभूषित गरिएको हो । 

    प्रदेश सरकार स्थापनाकालदेखि सरकारलाई संघको भवन लगायतका पूर्वाधार उपलव्ध गराएर महत्वपूर्ण योगदान गरेको भन्दै समाज सेवा श्री पदकबाट विभूषित गरिएको हो ।

    कार्यक्रममा प्रदेश प्रमुख अमिक शेरचन, मुख्यमन्त्री कुलप्रसाद केसी, सभामुख पूर्णबहादुर घर्तीले संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजुलाई दोसल्ला ओढाएर उक्त विभूषण प्रदान गर्नुभएको हो ।

    प्रदेश सरकारले स्थापना दिवश कार्यक्रममा संघसहित विभिन्न क्षेत्रमा योगदान गरेका ५६ जनालाई विभिन्न पदकबाट विभूषित गरेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology