Logo शुक्रवार, कार्तिक २० गते २०८३
images
images

तीनजना चढेको मोटरसाइकल बुटवलमा दुर्घटना ,२ जनाको मृत्यु एक घाइते

तीनजना चढेको मोटरसाइकल बुटवलमा दुर्घटना ,२ जनाको मृत्यु एक घाइते

  • 4.7K
    SHARES

  • तीनजना चढेको मोटरसाइकल बुटवलमा दुर्घटना ,२ जनाको मृत्यु एक घाइते

    बुटवल,फागुन ३ ।

    बुटवल-१२ मा मोटरसाइकल दुर्घटना हुँदा  २ जनाको मृत्यु भएको छ । दुर्घटनामा माेटरसाइकल चालक घाइते भएका छन् ।

    तीन जना चढेको लु ६० प ३६५२ नम्बरको मोटरसाइकल बुटवल उपमहानगरपालिका–१२ मा बिहान चार बजे अनियन्त्रित भएर पल्टिंदा मोटरसाइकलमा पछाडि बसेका गैडहवा गाउँपालिका ९ हात्तीबजारका २० वर्षीय प्रेम रुचाल र सोही ठाउँका २० वर्षीय राहुल थापाको मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

    दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक रुपन्देहीका २१ वर्षीय विमल रानाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

    दुबै जनाको उपचारको क्रममा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको हाे ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology