बुटवल,फागुन ३ ।
रुपन्देहीका एक ब्यबसायी युवतीको आत्महत्या प्रकरणमा पक्राउ परेका छन् ।रुपन्देहीको सियारी गाउपालिका वडा नं ५ छपियामा रहेको लुम्बिनी प्यालेस रिसोर्टका संचालक अर्जुन भुसाल प्रहरीले नियन्त्रणमा परेका हुन् ।
आफ्नै रिसोर्टमा काम गर्दै आएकी एक युवतीको आत्महत्या प्रकरणमा काठमाडौ प्रहरीले नियन्त्रणमा लिएको हो। काठमाडौंको बुद्धनगर स्थित एक घरमा भाडामा बस्दै आएकी रविना ढकाल आईतवार बिहान झुन्डिएको अवस्था फेला परेपछि अनुसन्धानका लागि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियोे ।
करीव ४ वर्षदेखि भुसालको लुम्बिनी पिस प्यालेस रिसोर्ट अन्तर्गतको कृषि फर्ममा काम गर्दै आएकी रविनालाई २ वर्षअघिबाट बानेश्वरको बुद्ध नगरमा रहेको उक्त घरमा राखेको बुझिएको छ। गुल्मी घर भएकी ढकाल कृषि प्राविधिक हुन।
काठमण्डौं प्रहरी प्रमुख प्रहरी बरिस्ठ उपरीक्षक सुदिप गिरीले अनुसन्धानका लागि नियन्त्रणमा लिईएको र थप कुरा अनुसन्धान पछि मात्रै भन्न मिल्ने बताए। मृतक युवतीका आफन्तले रविनालाई भुसालले हत्या गरेको भन्दै किटानी जाहेरी दर्ता गरेपछि अदालतबाट अनुमति लिएर प्रहरी नियन्त्रणमा राखिएको प्रहरीले बताएको छ।
प्रहरी श्रोतका अनुसार भुसालले ति युवतीसंग केहि बर्ष यता लिभिङ टुगेदरमा रहेको र आफुलेनै कोठा लिएर राखेको बयान दिएका छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)