Logo बिहिवार, आश्विन १ गते २०८३
images

‘सभामुखका रुपमा म त अम्पायर न हो,निर्णायक भूमिका दलहरुकै हुन्छ’

‘सभामुखका रुपमा म त अम्पायर न हो,निर्णायक भूमिका दलहरुकै हुन्छ’

  • 2.8K
    SHARES

  • ‘सभामुखका रुपमा म त अम्पायर न हो,निर्णायक भूमिका दलहरुकै हुन्छ’

    बुटवल,फागुन ३ ।

    सभामुख अग्निप्रसाद सापकोटाले अमेरिकी सहायता परियोजना एमसीसी संसदमा टेबल हुन सक्ने संकेत गरेका छन्। सोमबार डाकिएको सर्वदलीय बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीका क्रममा उनले यस्तो संकेत गरेका हुन्।

    सभामुख सापकोटाले एमसीसीबारे पनि बैठकमा उपस्थित सबै दलका नेताले एमसीसीबारे धारणा राखेको पनि बताए।  बैठकमा एमसीसीबारे सबै दलका नेताले धारणा राखेका छन्।

    सबैका धारणालाई तटस्थ र स्वतन्त्र रुपमा सुनेको छुु, उनले भने, सभामुखका हैसियतले मैले स्वतन्त्र र निष्पक्ष रुपमा निर्णय गर्नुपर्छ र सुन्नुपर्छ। उनले एमसीसीबारे घुमाउरो जवाफ दिए।

    सापकोटाले लामो समयदेखि संसद अवरुद्ध हुँदा थाती रहेका विधेयक अघि बढ्न नसकेको बताए। बैठकमा सदनलाई सुचारु गराउने र छलफल अघि बढाउनेबारे कुरा भएको छ। एमसीसीसहितका मुद्दामा सभामुखका हैसियतले स्वतन्त्र निष्पक्ष रुपमा निर्णय गर्नुपर्छु, उनले भने, अन्तिममा आउने संसदमा नै हो। तर सहमतिका साथ आउनुपर्छ भन्ने कुरा हो। सभामुखका रुपमा म त अम्पायर न हो। निर्णायक भूमिका दलहरुकै हुन्छ।

     

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology