Logo मंगलवार, श्रावण १२ गते २०८३
images

लुम्बिनी प्रदेश सरकारले दाङको देउखुरीमा स्थापना दिवस मनाउदै ,पदक र विभुषण प्रदान गरिने

लुम्बिनी प्रदेश सरकारले दाङको देउखुरीमा स्थापना दिवस मनाउदै ,पदक र विभुषण प्रदान गरिने

  • 2.2K
    SHARES

  • लुम्बिनी प्रदेश सरकारले दाङको देउखुरीमा स्थापना दिवस मनाउदै ,पदक र विभुषण प्रदान गरिने

    बुटवल,फागुन २ ।

    लुम्बिनी प्रदेश सरकारले दाङको देउखुरीमा चाैथाे प्रदेश स्थापना दिवस मनाउने भएको छ । प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले आईतबार बुटवलमा पत्रकार सम्मेलन गर्दै दाङमा मनाउन लागिएको स्थापना दिवस मनाउने तयारी पुरा भएको बताएका छन् ।

    पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शर्माले स्वास्थ्य मापदण्ड पालना गर्दै सरकारले घोषणा गरेको पदक र विभुति प्राप्त गर्ने संस्था र व्यक्तिहरु, कार्यक्रम आयोजना हुने स्थानीय तहका जनप्रतिनिधि, स्थानीय पालिकामै रहेका संघसंस्थाका प्रतिनिधिहरुलाई मात्र कार्यक्रममा आमन्त्रण गरिएको जानकारी दिए ।

    प्रदेश प्रमुख अमिक शेरचन, मुख्यमन्त्री कुलप्रसाद केसी, प्रदेशससभा सभामुख पुर्ण घर्ती सहित क्याबिनेट मन्त्रीहरुको सहभागिता रहने कार्यक्रममा मन्त्रालयहरुले गरेको प्रगति प्रतिबेदन, प्रदेशको डकुमेन्ट्रि सार्वजनिक तथा पदक र विभुषण वितरण गरिने उनले बताए ।

    उनले प्रदेश स्थापना दिवससँगै जनयुद्ध दिवसका दिन लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा दिन नसकेकोमा दुःख व्यक्त गर्दै बिदा दिएकोमा मधेश प्रदेश सरकारलाई धन्यबाद दिए । मन्त्री शर्माले संसदले दाङको देउखुरी राजधानी तोकिसकेपछि क्रमशः मन्त्रालय र सरकारका गतिबिधि दाङमा हुन अश्वाभाविक नभएको बताए ।

    प्रदेशको राजधानी देउखुरी तोकिएपनि अहिले सम्म प्रदेश सरकारले देउखुरीमा न त जग्गा प्राप्त गर्न सकेको छ न त राजधानीको गुरु योजना ९डीपीआर० नै तयार भएको छ । जबर्जस्ती सारिएका २ वटा मन्त्रालयको सबै काम कारवाही पनि बुटवलबाटै संचालन भइरहेका छन् । सरकारले बिना पूर्वाधार शहरी विकास र स्वास्थ्य मन्त्रालय देउखुरीमा सार्ने निर्णय गरेको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology