बुटवल,फागुन १ ।
नेकपा (एकीकृत समाजवादी) रुपन्देहीको आह्वानमा भातृसंगठनहरुले बुटवलमा एमसीसी विरुद्ध प्रदर्शन गरेको छ । भातृसंस्थाहरुको संयुक्त आयोजनामा एमसीसी राष्ट्रिय हित विपरित रहेको भन्दै आईतबार बुटवलमा विरोध प्रदर्शन गरेका हुन ।
एमसीसी चाहिँदैन, राष्ट्रिय स्वाभिमानको रक्षा गरौँ, एमसीसी खारेज गरौँ, ब्याक एमसीसी, वैदेशिक हस्तक्षेप मुर्दावादलगायत प्लेकार्डसहितको नारा लगाएका थिए । बुटवलमा भएको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य तथा रुपन्देही अध्यक्ष राजु गुरुङले एमसिसि सम्झौता राष्ट्रिय हितमा नरहेकाले कुनै पनि हालतमा स्विकार्न नहुने बताए ।
उनले सम्झौता लागू गराउन अमेरीकाले नेताहरुलाई धम्कीदिएकोमा आपत्ति जनाउँदै अमेरिकी स्वार्थ पूरा गर्न नेपाली जनता तयार नभएको बताए । उनले आफुहरु टाउकोमा कफन बाँधेर आन्दोलनमा होमिएकाले शिर्ष नेतालाई घुँडा नटेक्न चेतावनी दिए । 
बुटवल ट्राफिक चौकमा भएको विरोध प्रदर्शमा युवा संघ नेपालका केन्द्रीय सचिव हिमाल थपाले एमसिसि परियोजनाबारे राजनैतीक र नागरिक तहमा थुप्रै प्रश्नहरु उठेकाले त्यसबारे सहमती नगरिकन संसदनमा लैजानै नहुने अडान लिए ।
विरोध प्रदर्शनमा अनेरास्ववियूका केन्द्रीय सचिव शंकर घर्ती, युवा संघ रुपन्देहीका अध्यक्ष कृष्ण थापाले बोल्दै एमसिसि परियोजना खारेज गर्न माग गरे । प्रदर्शनमा एकिकृत समाजवादीका केन्द्रीय सदस्य डा. बालकृष्ण चापागाई, केन्द्रीय सदस्य उमा काफ्ले, प्रदेश कमिटि सदस्य हिराध्वज शाह लगायतका नेताहरुको उपस्थिती रहेको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)