Logo बिहिवार, आश्विन १ गते २०८३
images

अन्तर्राष्ट्रिय कण्डम दिवसमा लुम्बिनी प्रादेशिक अस्पतालमा बक्तृत्वकला,प्रथम भए डा.खनाल

अन्तर्राष्ट्रिय कण्डम दिवसमा लुम्बिनी प्रादेशिक अस्पतालमा बक्तृत्वकला,प्रथम भए डा.खनाल

  • 4.6K
    SHARES

  • अन्तर्राष्ट्रिय कण्डम दिवसमा लुम्बिनी प्रादेशिक अस्पतालमा बक्तृत्वकला,प्रथम भए डा.खनाल

    बुटवल,फागुन १ ।

    अन्तर्राष्ट्रिय कण्डम दिवसको अवसरमा बुटवलमा रहेको  लुम्बिनी प्रादेशिक अस्पतालमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

    प्रादेशिक अस्पतालमा कार्यरत चिकित्सक-कर्मचारीहरु सहभागि प्रतियोगितामा १५ जनाले सहभागिता जनाएका थिए । अस्पतालको आयोजना तथा एएचएफको सहकार्यमा सो प्रतियोगिता गरिएको स्वास्थ्यकर्मी तथा कार्यक्रम संचालक भिम ज्ञवालीले जानकारी दिए । 

    एचआइभी एड्सरयौनरोग र कण्डम बिषयक  वक्तृत्वकला प्रतियोगितामा डा.शम्भु खनाल प्रथम,साेनी केसरी दोश्रो ,बसुन्धरा भुसाल तृतीय र बसन्ती कोइरीले सान्त्वना स्थान हासिल गरेका छन् । 

    सो अवसरमा बोल्दै प्रमुख अतिथि मेडिकल सुपरिटेन्डेन्ट डा.ईन्द्र ढकालले कण्डमको प्रयोगबारे अझैपनि केहि गलत धारणाहरु कायमै रहेको भन्दै ९८ प्रतिशत सुरक्षित अस्थायी साधन भनेकै कण्डम नै रहेको बताए । 

    सो प्रतियोगितामा प्रसुती रोग बिशेषज्ञ डा. श्रीधर आचार्य, प्रशासन प्रमुख सुरेन्द्र भण्डारी,नर्सिङ ईन्चार्ज ज्योति पौडेल लगायतले निर्णायकको भूमिका निर्बाह गरेका थिए । उनीहरुले उत्कृष्ट चारै जनालाई प्रमाणपत्र,नगद तथा खादाले पुरस्कृत गरेका थिए ।

    सो अवसरमा एएचएफ नेपाल कार्यक्रम संयोजक धर्मराज भट्टराईले  आप्रवाशीहरुमार्फत नेपालमा एचआइभी संक्रमित धेरै भेटिएको बताए । उनले  लुम्बिनी प्रादेशिक अस्पतालमा स्थापित एआरटी सेन्टरमा एचआइभी संक्रमितले नियमित औषधी सेवन गरिरहेको समेत जानकारी दिए ।

    नयाँ संक्रमित फेला परेका र संक्रमित आमा–बुबाबाट जन्मेका ९ जना शिशुमा एचआइभी संक्रमण नरहेको उनको भनाइ छ

    एचआइभी संक्रमितका लागि निशुल्क औषधी वितरणका लागि नेपालभर ७८ वटा क्लिनिक र २२ वटा औषधी वितरण केन्द्र रहेका छन् ।

    विश्वमा तीन करोड ६९ लाख जनसंख्यामा एचआइभी संक्रमण रहेको तथ्याङ्क छ । एड्स हेल्थ फाउण्डेसन क्षेत्रीय कार्यालय बुटवलले एचआइभी संक्रमणको जोखिमबाट बचाउन लुम्बिनी प्रादेशिक अस्पतालबाट एक वर्षमा ५० हजार कण्डम बितरण भएको छ ।indra.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology