बुटवल,माघ २९।
अर्घाखाँची र कपिलवस्तुको सिमाना कोठीखोलाबाट हतियार सहित २ जना पक्राउ परेका छन् ।
कपिलवस्तुको वाणगंगा नगरपालिका वडावडा नम्बर २ को मनकामना सामुदायिक वनको कोठीखोलाबाट २ थान भरुवा बन्दुक सहित २ जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यलय पिपराका प्रहरी निरिक्षक गणेश गुरुङले बताए ।
इप्रका पिपराको प्रहरी गस्ती टोलीले २ थान भरुवा बन्दुक सहित अर्घाखाँचीको शितगंगा नगरपालिका १४ का ५० बर्षिय विरबहादुर सोमै र सोहि ठाउका २८ बर्षिय खेमु मगरलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
उनीहरूको बारेमा अनुसन्धान भैरहेको प्रहरी निरिक्षक गुरुङले बताएका छन् ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)