Logo मंगलवार, श्रावण १२ गते २०८३
images

नेपालमा थप ८३६ कोरोना संक्रमित,१८२६ निको,४ को मृत्यु

नेपालमा थप ८३६ कोरोना संक्रमित,१८२६ निको,४ को मृत्यु

  • 1.8K
    SHARES

  • नेपालमा थप ८३६ कोरोना संक्रमित,१८२६ निको,४ को मृत्यु

    बुटवल,माघ २९।

    नेपालमा ८३६ कोरोना संक्रमित थपिएका छन् ।

    पछिल्लो २४ घण्टामा देशभर ६ हजार ६५४ परीक्षणमा ८३६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये ४ हजार २६० पीसीआर परीक्षणमा ४९१ र २ हजार ३९४ एन्टिजेन परीक्षण हुँदा ३४५ जनामा पोजिटिभ देखिएको हो । 

    २४ घण्टामा १ हजार ८२६ निको भएका छन् भने ४ ले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् ।सोही अवधिमा २ लाख ८८ हजार ८३७ जनाले खोप लगाएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

    शनिबारसम्म नेपालमा सक्रिय स‌ंक्रमितको संख्या २६ हजार १०२ रहेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology