बुटवल,माघ २८ ।
बुटवल २ को फूलवारी नजिकै भारतिय नम्बर प्लेटको स्कार्पियो दुर्घटनामा परेको छ । चितवनबाट बुटवल हुँदै पश्चिमतर्फ जाँदै गरेको CG.15.B.0846 नम्बरको स्कार्पियो अनियन्त्रित भएर पल्टिएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
दुर्घटनामा परी एक जना महिला घाइते भएपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय बुटवलका प्रवक्ता मोहन बहादुर खाँणले बताए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)