Logo बिहिवार, आश्विन १ गते २०८३
images

माधव नेपालको पार्टीसँग चुनावी तालमेल र पार्टी एकता हुन्न :एमाले अध्यक्ष ओली

माधव नेपालको पार्टीसँग चुनावी तालमेल र पार्टी एकता हुन्न :एमाले अध्यक्ष ओली

  • 2.1K
    SHARES

  • माधव नेपालको पार्टीसँग चुनावी तालमेल र पार्टी एकता हुन्न :एमाले अध्यक्ष ओली

    बुटवल,माघ २८। 

    एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले फुटाएर अर्को पार्टी गठन गरेका माधव नेपालको पार्टी एकिकृत समाजबादीसँग चुनावी तालमेल र पार्टी एकता नहुने स्पस्ट पारेका छन् । 

    शुक्रबार ‘स्थानीय तह निर्वाचन प्रशिक्षण तथा अभिमुखीकरण’ कार्यक्रमको शुभारम्भ गर्दै अध्यक्ष ओलीले एमाले फुटाएर अर्को पार्टी गठन गरेका माधव नेपालसँग कुनै तालमेल र पार्टी एकता नहुने बताएका हुन् ।

    उनले एमाले एक्लै चुनाव लड्ने पनि बताए । ‘हामी एक्लै लड्छौ, एक्लै विजय हासिल गछौँ’, ओलीको भनाइ छ ।

    उनले चुनावी तालमेल नगर्ने भन्दै अघि भने, ‘हाम्रो पार्टी फुटाउने, सरकार गिराउने, जालझेल, षडयन्त्र र तिकड्म गर्ने तत्वहरुसँग कुनै चुनावी तालमेल र पार्टी एकता हुँदैन । भ्रम नराखे हुन्छ । उनीहरुलाई नो इन्ट्री ।’

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology