बुटवल,माघ २७ ।
नेपालमा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
पछिल्लो समय कोरोना संक्रमित दर घटे पनि मृत्यु दर भने बढेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १३६९ जनामा कोरोना संक्रमण देखिएको छ। देशभरि ११ हजार ८८० जनाको नमुना परीक्षण गर्दा यी संक्रमित देखिएका हुन्।
त्यस्तै थप २२३८ जना संक्रमित कोरोनामुक्त भएका छन् भने २९ हजार ४ जना सक्रिय संक्रमित रहेका छन्।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)