बुटवल,माघ २६ ।
स्थानीय तहको निर्वाचनपछि पाँचवर्षे कार्यकाल उपभोग गर्न नपाएको भन्दै पेस भएको निवेदन सर्वोच्च अदालत प्रशासनले दर्ता गर्न अस्वीकार (दरपिठ) गरिदिएको छ।
महोत्तरीको भँगाहा नगरपालिकाका मेयर संजिवकुमार साहले दिएको निवेदन सर्वोच्च अदालतले दरपिठ गरिदिएको हो। निर्वाचन आयोगलाई विपक्षी बनाएर साह सर्वोच्चमा निवेदन लिएर गएका थिए। तर, रजिष्ट्रार नारायणप्रसाद पन्थीले दरपिठको आदेश गरेका हुन्।
तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालबाट निर्वाचित भएका उनी मुद्दा लिएर सर्वोच्च अदालत पुगेका थिए। उनले आफूहरुको कार्यकाल ६ महिना बाँकी रहेकाले त्यसअगावै हुने निर्वाचन असंवैधानिक हुने जिकीर गरेका थिए।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)