Logo शुक्रवार, कार्तिक २१ गते २०८३
images
images

ओमी पुन कल्याणकारी प्रतिष्ठानका संस्थापक खेम पुनको मष्तिकघातका कारण निधन

ओमी पुन कल्याणकारी प्रतिष्ठानका संस्थापक खेम पुनको मष्तिकघातका कारण निधन

  • 1.9K
    SHARES

  • ओमी पुन कल्याणकारी प्रतिष्ठानका संस्थापक खेम पुनको मष्तिकघातका कारण निधन

    बुटवल,माघ २५ । 

    ओमी पुन कल्याणकारी प्रतिष्ठानका संस्थापक संरक्षक खेम पुनको मृत्यु भएको छ । प्रतिष्ठानका संस्थापक संरक्षक ६० वर्षीय पुनको मष्तिकघातका कारण मृत्यु भएको हो ।

    पुनको उपचारका क्रममा काठमाडौँको ग्रिन सिटी अस्पतालमा मंगलबार मृत्यु भएकोे ओमी पुन कल्याणकारी प्रतिष्ठानका उपाध्यक्ष नारायणप्रसाद पन्थले बताए ।

    खेमराजको विसं २०१९ मा गुल्मीको भार्से सापढुंगामा जन्म भएको थियाे । प्रतिष्ठानले प्रत्येक वर्ष चिकित्सा इन्जिनियर अध्ययन गर्ने विद्यार्थीहरुलाई छात्रावृद्धि प्रदान गर्दै आएको छ ।

    औषधि व्यवसाय गर्दै आएका पुन शनिबार विशेष बैठकका लागि विराटनगर पुगेका थिए । बैठककै क्रममा असहज लागरे बाहिरिएका उनी बेहोस अवस्थामा भेटिएपछि उपचारका लागि अस्पताल लगिएको थियो ।

    सोमबार हेलिकप्टरमार्फत काठमाण्डौंस्थित ग्रिनसिटी अस्पताल पुर्याएर उपचाररत उनको मंगलबार बिहान १२ बजे मृत्यु भएको पन्थले जनाए ।

    उनी संरक्षक रहेको प्रतिष्ठानले हालसम्म २५ जना चिकित्सक तथा इन्जिनियर उत्पादन गरेको पन्थले बताए ।pun.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology