Logo बिहिवार, आश्विन १ गते २०८३
images

लुम्बिनी प्रदेश मन्त्रिपरिषद्ले गर्यो ७ वटा निर्णय,के-के हुन् ? (सूचीसहित)

लुम्बिनी प्रदेश मन्त्रिपरिषद्ले गर्यो ७ वटा निर्णय,के-के हुन् ? (सूचीसहित)

  • 3.8K
    SHARES

  • लुम्बिनी प्रदेश मन्त्रिपरिषद्ले गर्यो ७ वटा निर्णय,के-के हुन् ? (सूचीसहित)

    बुटवल,माघ २५ ।

    लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकले सातवटा निर्णयहरु गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय मंगलबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो । 

    जसअनुसार प्रदेश योजना आयोग र प्रदेश प्रशिक्षण प्रतिष्ठानको अस्थायी संगठन संरचना र दरवन्दीहरु २०७९ साल असारसम्मको लागि स्वीकृत प्रदान गर्ने निर्णय भएको छ ।

    यस्तै आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको प्रस्तावमा सूचना तथा संचार प्रविधि प्रतिष्ठानमा विज्ञ सदस्य कमल बहादुर श्रीस थापा नियुक्त गर्ने निर्णय भएको छ ।

    नियुक्त भएका थापा बुटवल १३ बेलबास निवासी हुन् ।

    kamal bahadur srish magar.jpg

    बैठकले आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय अन्तर्गत सूचना प्रविधि प्रतिष्ठानको अस्थायी दरबन्दीहरु २०७९ सालको असारसम्मको लागि स्वीकृत गरेको गर्ने निर्णय  पनि भएको मुख्यमन्त्रीका प्रेस संयोजक मानसिंह विश्वकर्माले बताए । 

    कानून महिला तथा बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको प्रस्तावमा पाल्पा दरबार संग्रहालय विकास समिति गठन आदेश, २०७८ स्वीकृति गर्ने निर्णय पनि बैठकले गरेको छ । 

    यसैगरी कानून महिला तथा बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको प्रस्तावमा प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७८ को अनुसूची हेरफेर स्वीकृती गर्ने निर्णय भएको छ भने कृषि खाद्य प्रविधि तथा भूमी व्यवस्थापन मन्त्रालय प्रस्तावमा स्मार्ट कृषि गाँउ कार्यक्रम सञ्चालन पहिलो संशोधन कार्यविधि,२०७८ स्वीकृत गर्ने, शिक्षा विज्ञान, युवा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा प्रदेश खेलकुद विकास ऐन, २०७८ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय पनि भएको संयोजक विश्वकर्माले बताए ।

    list decision cabinet.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology