Logo शुक्रवार, कार्तिक २१ गते २०८३
images
images

बुटवल वडा न -२ ले आफूहरुलाई उपेक्षा गरेको डाँडाँटोलबासीको गुनासाे,वडाध्यक्ष प्रमुख अतिथि बन्न नमानेपछि आक्राेश !

बुटवल वडा न -२ ले आफूहरुलाई उपेक्षा गरेको डाँडाँटोलबासीको गुनासाे,वडाध्यक्ष प्रमुख अतिथि बन्न नमानेपछि आक्राेश !

  • 1.8K
    SHARES

  • बुटवल वडा न -२ ले आफूहरुलाई उपेक्षा गरेको डाँडाँटोलबासीको गुनासाे,वडाध्यक्ष प्रमुख अतिथि बन्न नमानेपछि आक्राेश !

    बुटवल,माघ २४ ।

    बुटवल उपमहानगरपालिका वडा नंं २ स्थित डाँडाँटोल सुधार समितिको आठौँ बार्षिक साधारण सभा तथा चौथो अधिबेशन सम्पन्न भएको छ ।

    समितिका अध्यक्ष टोपली कुमारी सारु थापाको अध्यक्षता तथा बुटवल उपमहानगरपालिका वडा नंं २का वडा सदस्य सुनिल शाक्यको प्रमुख आतिथ्यतामा साधारण सभा तथा अधिबेशन सम्पन्न भएको हो ।

    अधिबेशनको उद्घाटन गर्दै वडा सदस्य सुनिल शाक्यले टोल बाट आउने योजनालाई आवश्यकताका आधारमा कार्यान्वयनमा लगिएको बताउनुभयो । उहांले समाजमा भएका समस्याहरुको पहिचान टोल बाट हुने भएकाले समाजलाई सुसुचित बनाउन पनि टोल समिति लाग्नुपर्ने बताउनुभयो ।

    समितिकी अध्यक्ष टोपली कुमारी सारु थापाले वडा कार्यालयले आफुहरुलाई उपेक्षा गरेको बताउनुभयो । वडा कार्यालयले डाडाटोललाई सुकुमबासीको नजरले हेरेको भन्दै आक्रोश व्यक्त गर्नुभयो । कार्यक्रममा समाजसेवी गौतमलाल शाक्य, टिकाराम शर्मा, समितिकी उपाध्यक्ष राधा घण्डारी, सचिव गिता नेपाली लगाएतले बोल्नुभएको थियो ।

    त्यस्तै कार्यक्रममा कोषाध्यक्ष दुर्गा रानाले ०७६ देखि ०७८ सम्मको कुल १ लाख ६७ हजार मुल्य बराबरको वासलात प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम कृष्ण बहादुर वि.केको सञ्चालनमा सम्पन्न भएको हो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology