Logo बिहिवार, आश्विन १ गते २०८३
images

बुटवल १२ तामनगरमा कार दुर्घटना,तीन जनाको मृत्यु २ गम्भीर घाइते

बुटवल १२ तामनगरमा कार दुर्घटना,तीन जनाको मृत्यु २ गम्भीर घाइते

  • 7.5K
    SHARES

  • बुटवल १२ तामनगरमा  कार दुर्घटना,तीन जनाको मृत्यु २ गम्भीर घाइते

    बुटवल,माघ २४ ।

    रुपन्देहीको बुटवल १२ तामनगरमा सडकमा रोकिराखेको ट्रकमा कार ठोक्किंदा कारमा सवार तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा कारमा सवार २ जना गम्भीर घाइते भएका छ्न् ।

    बुटवल उपमहानगरपालिका वडा नं। १२ तामनगर नजिक पूर्व-पश्चिम राजमार्गमा रोकिराखेको लु २ ख ९७७२ नम्बरको ट्रकमा लु ३ च ४४४२ नम्बरको कार सोमबार बिहानै ठोक्किएको प्रहरीको भनाइ छ ।

    दुर्घटनामा एक जनाको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेहरूको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ ।

    मृतक र घाइतेको सनाखत हुन बाँकी रहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology