Logo बुधवार, कार्तिक १९ गते २०८३
images
images

कोभिडका कारण बन्द रहेको पाल्पा प्रशासनको सेवा आइतवारदेखि चल्ने

कोभिडका कारण बन्द रहेको पाल्पा प्रशासनको सेवा आइतवारदेखि चल्ने

  • 1.6K
    SHARES

  • कोभिडका कारण बन्द रहेको पाल्पा प्रशासनको सेवा आइतवारदेखि चल्ने

    बुटवल,माघ २२ ।

    कार्यालयका कर्मचारीमा कोभिड सङ्क्रमण देखिएपछि बन्द रहेको जिल्ला प्रशासन कार्यालय पाल्पाले अब नियमित सेवा दिने जनाएको छ ।  

    सङ्क्रमणका कारण बन्द रहेका जिल्ला प्रशासन कार्यालय,ईलाका प्रशासन कार्यालय रामपुर तथा जिल्ला निर्वाचन कार्यालय पाल्पाले आइतवारदेखि सेवा नियमित गर्ने भएको हो ।
           
    जिल्ला प्रशासन कार्यालय पाल्पाले सूचना जारी गर्दै मतदाता नामावली सङ्कलनको कार्य समेत नियमित हुने जनाएको छ । सेवाग्राहीले सेवा लिन आउदा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्नुपर्ने तथा कोभिड १९ विरुद्धको खोप कार्ड, प्रतिलिपि वा मोबाइलमा खिचेको फोटो साथमा लिएर आउनुपर्नेछ ।

    कार्यालयका कर्मचारीमा कोभिड सङ्क्रमण देखिएपछि गत माघ १४ गते देखि प्रशासनले स्वास्थ्य सर्तकता अपनाउँदै सेवा स्थगित गरेको थियो । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology