बुटवल,माघ २२ ।
कपिलवस्तुको कृष्णनगर नगरपालिकाका नगरप्रमख रजत प्रताप शाह नेपाली कांग्रेसमा प्रवेश गर्ने भएका छन् । नगरप्रमख शाह शनिबार एक कार्यक्रमका बीच नेपाली कांग्रेसमा प्रवेश गर्न लागेका हुन् ।
उनी सहित उनका सयाैँ समर्थक पनि नेपाली कांग्रेसमा गर्न लागेको स्रोतले जनाएको छ । उनलाई नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, महामन्त्री सुरेन्द्रराज आचार्य, कपिलवस्तु क्षेत्र नं ३ का सासंद अभिषेक प्रताव शाहले स्वागत गर्ने भोलि बहादुरगंज शाह भवनमा कार्यक्रम तय भएको छ ।
मेयर शाहसंगै वडा अध्यक्षहरु पनि प्रवेश गर्ने तयारी रहेको बुझिएको छ । २०७४ सालको स्थानीय तहको निर्वाचनमा स्वतन्त्रवाट कृष्णनगर नगरपालिकाको नगरप्रमुख पदमा विजयी हुनुभएका शाहको कांग्रेस प्रवेशलाई जिल्लामा महत्वपूर्ण निकै महत्वका साथ हेरिएको छ ।
कोभिड-१९ को कारण सामान्य तयारी गरेर पार्टी प्रवेश गराउने कांग्रेसले जनाएको छ ।
उनले फेसबुकमा लेखेका छन,- ‘मेरा प्यारा नगरबासी तथा नेपाली कांग्रेस पार्टीका वडा सभापति, नगर सभापति, क्षेत्रीय सभापति, भातृ संगठन, विभिन्न पदमा आसिन पदाधिकारी लगायत सम्पुर्ण क्रियाशिल सदस्यज्यूहरुमा मेरो जय नेपाल अभिवादन टक्रयाउँदै मिती २०७८/१०/२२ गते दिन शनिबार बिहान १० बजे बहादुरगंज आफ्नै आवासमा म रजत प्रताप शाह र मेरा हजारौं समर्थक एवं शुभचिन्तकसहित देशको सबभन्दा ठूलो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसमा प्रवेश कार्यक्रम रहेकोले सम्मानित सबैमा उपस्थितको लागि हृदयदेखि निमन्त्रणा गर्दछु ।’
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)