Logo बिहिवार, आश्विन १ गते २०८३
images

हावाहुरी र हिमपातमा परेकालाइ तत्काल उद्धार र राहत उपलब्ध गराउन गृहमन्त्रीको निर्देशन

हावाहुरी र हिमपातमा परेकालाइ तत्काल उद्धार र राहत उपलब्ध गराउन गृहमन्त्रीको निर्देशन

  • 2.5K
    SHARES

  • हावाहुरी र हिमपातमा परेकालाइ तत्काल उद्धार र राहत उपलब्ध गराउन गृहमन्त्रीको निर्देशन

    काठमाडौँ, २२ माघ ।

    गृहमन्त्री बालकृष्ण खाँणले तराईमा हावाहुरीका कारण मृत्यु भएका तीन जना र पहाडी र हिमाली जिल्लामा हिमपातका कारण अफ्ठेरोमा परेकाहरूलाई तत्काल व्यवस्थापन र राहत उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ ।

    शनिबार बिहान गृहमन्त्री खाणले मन्त्रालयका विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव प्रदीपकुमार कोइराला तथा तराईका दुई जिल्ला र हिमाली जिल्लाका आठ प्रमुख जिल्ला अधिकारी र एक सहायक प्रमुख जिल्ला अधिकारीलाई हिमपात र हावाहुरीका कारण अफ्ट्यारोमा परेकालाई तत्काल राहत उपलब्ध गराउन निर्देशन दिनुभएको हो । 

    शुक्रबार दिउँसो धनुषाको सवैला नगरपालिका १२ मा अवस्थित फकिरचन उच्चमाध्यामिक विद्यालयको प्राङ्गणमा भिक्स मसालाको हाँगा भाचिँदा महेन्द्र सदाकी ८ वर्षकी छोरी प्रतिमाकुमारी र चन्द्रशेखर सदाका ७ वर्षीय छोरा अरविन्दको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी प्रदर्शनी कुमारीले जानकारी दिनुभयो । गृहमन्त्री खाणले बिहान सहायक प्रमुख जिल्ला अधिकारी कुमारी र नेपाल प्रहरीका जिल्ला प्रमुख बसन्त रजौरेलाई बच्चाहरूको अन्त्यष्टी र अन्य आवश्यक राहतको व्यवस्था गर्न निर्देशन दिनुभयो ।

    त्यस्तै शुक्रबारै रौतहटको बुधिमाई नगरपालिका एकमा कच्ची खपडाको घर ढलेर भित्ताले च्याप्दा राममंगल रायकी श्रीमति ४५ फुलमतियादेवी मृत्यु भएको थियो । त्यही घरमा रहेका दुई बार्खा पनि च्यापिएर मरेका थिए । गृहमन्त्री खाणले रौतहटका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाही र प्रहरी प्रमुख एसपी विनोद घिमिरेलाई आवश्यक राहतको व्यवस्था गर्न निर्देशन दिनुभयो । 

    खाणले महाशाखा प्रमुख कोइरालालाई शनिबारको दिन भए पनि हिमाली जिल्लाको हिमपात र तराईमा हावाहुरी र शित लहरमा परेर अफ्टेरोमा कोही परेको भए राहत र अन्य आवश्यकीय कार्यका लागि सतर्क रहन निर्देशन दिनुभएको छ । ‘शनिबार भए पनि हिमपात, शित लहर र हावाहुरीका घटनामा तत्काल उद्दार र राहतको व्यवस्था गर्नु पर्ने हुनसक्छ, सतर्क रहनुहोला भन्ने निर्देशन मन्त्रीज्यूबाट भएको छ,’ महाशाखा प्रमुख कोइरालाले भन्नुभयो । 

    त्यस्तै मन्त्री खाणले प्रमुख जिल्ला अधिकारीहरू दिर्घराज उपाध्याय दार्चुला, विजयाकुमारी पर्साई जुम्ला, गणेश आचार्य हुम्ला, शंकरहरि आचार्य गोरखा, उमेश पाण्डे ताप्लेजुङ, गणेशबहादुर शाही सोलुखुम्बु, दिलकुमार तामाङ ओखलढुंगा र फणिन्द्र दाहाल खोटाङलाई हिमपातको असर कस्तो छ, तत्काल व्यवस्थापन गर्नु पर्ने के छ सतर्क रहेर काम गर्नुहोला भन्ने निर्देशन दिनुभएको छ ।

    त्यस्तै डोल्पाका सहायक प्रमुख जिल्ला अधिकारी बमबहादुर नेपालीसँग पनि कुराकानी गरेर जिल्लाको अवस्थाबारे जानकारी लिनुभएको छ ।

    सोलुखुम्बुका प्रजिअ शाहीले मन्त्री खाणले हिमपातको असर र व्यवस्थापनबारे जानकारी लिँदै आवश्यक सतर्कता अपनाउन निर्देशन दिएको बताउनुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology