Logo बिहिवार, आश्विन १ गते २०८३
images

सुनसरीमा ट्रक र बस ठोक्किए चालकसहित तीन जनाको मृत्यु, १३ घाइते

सुनसरीमा ट्रक र बस ठोक्किए चालकसहित तीन जनाको मृत्यु, १३ घाइते

  • 1.6K
    SHARES

  • सुनसरीमा ट्रक र बस ठोक्किए चालकसहित तीन जनाको मृत्यु, १३ घाइते

    सुनसरी,माघ २२ ।

    सुनसरीमा ट्रक र बस ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । १३ जना घाइते भएका छन् ।

    गएराति भोक्राहा नरसिंह नगरपालिका ३ र ६ को सीमा क्षेत्र खुनिया खोला पुलमा पूर्वतर्फ जाँदै गरेको ना ५ ख २९९६ नम्बरको ट्रक र पश्चिमतर्फ आउँदै गरेको ना ८ ख ८४९३ नम्बरको बस ठोक्किएका थिए ।

    दुर्घटनापछि दुवै सवारीमा आगलागी हुँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा बस चालक पाँचथरका सुरेन राई, बसमा सवार एक जना पुरुष र ट्रक चालक रहेका छन् । दुई जनाको सनाखत नभएको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा बसका कन्डक्टर झापाका रबिन ढुङ्गेल, मोरङका बिक्रम कटवाल, बसमा सवार दोलखाका मिङमा शेर्पा, बाराका दिपक श्रेष्ठ, बसका सहचालक उदयपुरका दिलकुमार बिक, बसमा सवार महोतरीका राहुलकुमार मण्डल, काठमाडौंका सादकन मिया, भारतकी मुना प्रधान, उमेश लामा, अमृता लामा, पाँचथरका पेवाहाङ जगेबु, तेह्रथुमका जितबहादुर लिम्बू र इलामका गोपाल दाहाल घाइते भएका छन् ।

    उनीहरूको अवस्था सामान्य  छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology