Logo बिहिवार, आश्विन १ गते २०८३
images

फागुन १ गतेदेखि विद्यालय खोल्ने सरकारको तयारी,सबै जिम्मा पालिकालाई !

फागुन १ गतेदेखि विद्यालय खोल्ने सरकारको तयारी,सबै जिम्मा पालिकालाई !

  • 2.5K
    SHARES

  • फागुन १ गतेदेखि विद्यालय खोल्ने सरकारको तयारी,सबै जिम्मा पालिकालाई !

    बुटवल,माघ २१।

    सरकारले फागुन १ गतेदेखि विद्यालय खोल्ने तयारी गरेको छ ।  कोभिड–१९ (कोरोना भाइरस) सङ्क्रमणको अवस्था हेरेर फागुन १ गतेदेखि विद्यालय खोल्ने तयारी गरेको हाे । 

    सरकारले आफ्नो क्षेत्रमा रहेको कोरोना सङ्क्रमणको अवस्था हेरेर विद्यालय खोल्ने वा बन्द गर्ने जिम्मा पालिकालाई दिन लागेको हो ।

    आज सिंहदरबारमा रहेको प्रधानमन्त्री कार्यालयमा गाउँपालिका महासङ्घ, प्याब्सन, एन प्याब्सन, अभिभावक महासङ्घ, शिक्षा मन्त्रालयका प्रतिनिधिलगायतको छलफलमा सहभागी सबैजसोले पालिकाको निर्णय र निगरानीमा फागुन १ गते आइतवारदेखि विद्यालय खोल्न सुझाव दिएका थिए ।

    सरकारी अधिकारीहरूले फागुन १ गतेदेखि विद्यालय खोल्ने गरी तयारी गरेको जानकारी गराएका अभिभावक महासङ्घका अध्यक्ष सुप्रभात भण्डारीले जानकारी दिनुभयो ।

    आफूहरूले विद्यालय खोल्ने वा बन्द गर्ने सबै अधिकार पालिकालाई दिन माग गरेको पनि उहाँले बताउनुभयो । केही पालिकाहरूले भने विद्यालय खोल्ने निर्णय गरिसकेका छन् ।

    यसअघि कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र सीसीएमसीसी ले माघ महिनासम्म भौतिक रूपमा शैक्षिक संस्थाहरू बन्द गर्न सरकारलाई सिफारिस गरेको थियो । त्यसैअनुसार शैक्षिक संस्थाहरू अहिले बन्द छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology