Logo मंगलवार, श्रावण १२ गते २०८३
images

कोरोना संक्रमणबाट नेपालमा थप १२ जनाको मृत्‍यु,३ हजार६३७ संक्रमित थपिँदा ७ हजार ५५५ निको

कोरोना संक्रमणबाट नेपालमा थप १२ जनाको मृत्‍यु,३ हजार६३७ संक्रमित थपिँदा ७ हजार ५५५ निको

  • 1.5K
    SHARES

  • कोरोना संक्रमणबाट  नेपालमा थप १२ जनाको मृत्‍यु,३ हजार६३७ संक्रमित थपिँदा  ७ हजार ५५५ निको

    बुटवल,माघ १९ । 

    कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा १२ जनाको मृत्‍यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ३ हजार ६३७ जनामा कोरोना भाइरस कोभिड-१९ को संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य मन्त्रालयका अनुसार ६ हजार ४९९ जनाको पीसीआर परीक्षण गर्दा २ हजार २०५ जना र ५ हजार ८३ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ४३२ जना गरी कुल ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    हाल देशभरमा ६९ हजार २९१ सक्रिय संक्रमित छन् भने ७ हजार ५५५ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयकी प्रवक्ता डा.संगीता मिश्राले नियमित प्रेस ब्रिफिङमा जानकारी दिइन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology