Logo मंगलवार, कार्तिक १८ गते २०८३
images
images

चिनियाँ नयाँ वर्षमा भैरहवामा अन्तरक्रिया

चिनियाँ नयाँ वर्षमा भैरहवामा अन्तरक्रिया

  • 1.7K
    SHARES

  • चिनियाँ नयाँ वर्षमा भैरहवामा अन्तरक्रिया

    भैरहवा,माघ १७ ।  

    छिमेकी मित्र राष्ट्र चीनको नयां वर्षको अवसरमा नेपाल चीन मैत्री समाज लुम्बिनीले भैरहवामा अन्तरक्रिया एवं शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । चीनले अंग्रेजी वर्षको फेब्रुअरी १ तारिखलाई नयां वर्ष तथा राष्ट्रिय दिवसका रुपमा मनाउने गर्दछ । 
    कार्यक्रममा बोल्ने वक्ताहरुले विश्वकै बलियो अर्थतन्त्र र सबैभन्दा धेरै जनसंख्या भएको नजिकैको  छिमेकी देश चीनसंगको सम्बन्ध अझ बलियो र जनस्तरमा विस्तार गरी नेपालले लाभ लिन सक्नुपर्नेमा जोड दिए ।    सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा काफ्लेले लुम्बिनी र बुद्धिजमलाई छिमेकी देश चीनसंगको सम्बन्धको प्राथमिकतामा राखेर चिनिया बौद्धमार्गीलाई लुम्बिनी भ्रमणमा ल्याउन सबैले भूमिका खेल्नुपर्ने बताइन् ।

    करिब डेढ अर्ब जनसंख्या भएको चीनमा बौद्धमार्गीको वाहुल्यता भएकाले उनीहरुलाई नेपालमा आकर्षित गरी पर्यटनबाट लाभ लिन सकिने उनको भनाई थियो ।  नेपाल चीन मैत्री समाज लुम्बिनीका अध्यक्ष नारायणप्रसाद सापकोटाले  चीन नेपालको असल र सहयोगी छिमेकी भएको उल्लेख गर्दै चिनिया राष्ट्रपति सी जिन फिङको कुशल नेतृत्व, चिनीया जनताको मेहनत र अनुशासन तथा चीनको आर्थिक प्रगतिबाट नेपालले पाठ सिक्नुपर्ने बताए । उनले चिनियां नयां वर्ष र चीनले आयोजना गर्न लागेको ओलम्पिक प्रतियोगिताको सफलताको शुभकामना समेत दिए ।

    कार्यक्रममा सिद्धार्थ साहित्य परिषदका अध्यक्ष डिल्लीराज भट्टराई,साहित्यकार विजय सागर श्रेष्ठ,समाजका महासचिव मनिष जोशी,कोषाध्यक्ष जनकराज पन्त लगायतले चीनले नयां वर्ष र राष्ट्रिय दिवसमा आफ्ना नागरिकलाई एक साता विदा दिने हुंदा सो विदाको अवधिमा चिनिया नागरिकलाई लुम्बिनी भ्रमणमा आकर्षित गर्नेतर्फ नेपाल सरकारको ध्यान जानुपर्ने सुझाव दिए । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology