Logo बिहिवार, आश्विन १ गते २०८३
images

अध्यक्ष भण्डारीको जन्मदिनमा लायन्स बुटवल सिद्धबाबाद्वारा नयाँगाउँ माबिमा स्वीटर बितरण

अध्यक्ष भण्डारीको जन्मदिनमा लायन्स बुटवल सिद्धबाबाद्वारा नयाँगाउँ माबिमा स्वीटर बितरण

  • 2.3K
    SHARES

  • अध्यक्ष भण्डारीको जन्मदिनमा लायन्स बुटवल सिद्धबाबाद्वारा नयाँगाउँ माबिमा स्वीटर बितरण

    बुटवल, माघ १७ ।

    लायन्स  क्लव अफ बुटवल सिद्धबाबाले बुटवल १२ मा रहेको नयाँगाउँ माबिमा स्वीटर बितरण गरेको छ । क्लवका बर्ष २०२१-०२२ का अध्यक्ष ज्योति भण्डारीको जन्मदिनको अवसरमा बिद्यालयमा रहेका गरीब बिपन्न बिद्यार्थीलाइ न्यानाे कपडा (स्वीटर) बितरण गरिएको हो ।

    सोमबार नयाँगाउँ माबिमा एक कार्यक्रमका बिच क्लवका अध्यक्ष भण्डारी,बिद्यालयका अध्यक्ष पुरुषोतम बस्याल,प्राचार्य पुरुषोतम भट्टराइ, क्लका पूर्व अध्यक्षहरु योगेश घिमिरे ,टंक गैरे, निर्बतमान अध्यक्ष ठाकुर आचार्य,क्लवका संस्थापक अध्यक्ष रामप्रसाद बञ्जाडे,फस्ट भिपी झबिन्द्र अधिकारी,भोजराज पाण्डे,कोषाध्यक्ष भूमि सापकोटा,तुलसीराम भण्डारी,नारायण तिवारी लगायतले बिद्यार्थीहरुलाइ स्वीटर हस्तान्तरण गरेका थिए । 
    सो अबसरमा बोल्दै बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष पुरुषोतम बस्यालले क्लवले बिद्यार्थीको पठनपाठनमा सहयोगी भूमिका खेलेको र आगामी दिनमा पनि यसप्रकारका सहयोगहरु जारी राख्न आग्रह गरे ।

    कार्यक्रममा बोल्दै अध्यक्ष ज्योति भण्डारीले क्लवले सामाजिक सेवालाइ निरन्तरता दिएको भन्दै आफ्नो जन्मदिनका अवसरमा बिद्यार्थीहरुलाइ सम्झेर सहयोग गर्न पाएकोमा खुसी ब्यक्त गरे । 

    साे अवसरमा प्राचार्य पुरुषोतम भट्टराइ,पूर्व अध्यक्षहरु योगेश घिमिरे,टंक गैरे,क्लवका निर्बतमान अध्यक्ष ठाकुर आचार्य,फस्ट भिपी झबिन्द्र अधिकारी,तुलसीराम भण्डारी लगाउतले बाेलेका थिए ।nayagau mavi.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology