Logo मंगलवार, श्रावण १२ गते २०८३
images

राप्रपा अध्यक्ष लिङ्देनले गरे२४ पदाधिकारी मनोनयन (नामावलीसहित)

राप्रपा अध्यक्ष लिङ्देनले गरे२४ पदाधिकारी मनोनयन (नामावलीसहित)

  • 3.1K
    SHARES

  • राप्रपा अध्यक्ष लिङ्देनले गरे२४ पदाधिकारी मनोनयन (नामावलीसहित)

    बुटवल,माघ १६  ।

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को पदाधिकारीमा २४ जना मनोनित भएका छन् । अध्यक्ष राजेन्द्र लिङ्देनले विधान बमोजिम उपाध्यक्ष महामन्त्री, प्रवक्ता, सहायक प्रवक्ता, सहमहामन्त्री, सहायक महामन्त्री पदमा २४ जनालाई मनोनित गरेका हुन् । 

    जसअनुसार उपाध्यक्षमा हेमजंग गुरुङ र मुकुन्दश्याम गिरी मनोनित भएका छन् भने महामन्त्रीमा राजेन्द्र गुरुङ र प्रह्लाद प्रसाद साह मनोनित भएका छन् ।

    यस्तै प्रवक्तामा भक्ति प्रसाद सिटौला, मोहन श्रेष्ठ, सगुनसुन्दर लावती र गोपाल दाहाल मनोनित हुँदा सहायक प्रवक्तामा प्रविन कुमार थोकर तामाङ, दिनेश कुमार साह, पूर्ण बहादुर चन्द मनोनित भएका छन् ।

    यस्तै सह महामन्त्रीमा मोहन प्रसाद यादव, धनबहादुर बुढा, श्यामबहादुर शाही, प्रकाश रिमाल, रवीन्द्रप्रताप शाह, झनक प्याकुरेल र रीना गुरुङ मनोनित हुँदा सहायक महामन्त्रीमा रमानन्द न्यौपाने, विजय खड्का, प्रेम बलायर, ऋषिराज देवकोटा, ताहिर अलि र दिपक कुमार राइ मनोनित भएका छन् । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology